Monday, November 26, 2007

जङ्गबहादुर र समय-६


रोशन सुवेदी

जङ्गबहादुरका रुप अनेक छन्
कोही बन्दुक बोकेर
हिड्छन्
कोही कुर्सीमा ढस्स बसेर
कुर्लिन्छन्

तँ ठूलो कि म ?
म ठूलो कि तँ ?
जङ्गबहादुरहरू कुस्ती खेलिरहेछन्
सिङ्ग जुधाएर
टाउको जुधाएर
श्क्तिको खेल देखाई रहेछन् ।

जङ्गबहादुरहरूको शक्ति लडाइमा
घाइते भएका छन् जीवनहरू
टुहुरो भएका छन् लालाबालाहरू
बिधवा भएका छन् रहरहरू
अपाङ्ग भएका छन् भविष्यहरू

कस्का लागि बगिरहेछ रगत ?
जङ्गबहादुरहरू
जनताको बली चढाएर
नेपालीको रगत चुहाएर
कस्का लागि खनिरहेछन्- बाटो ?

थाहा छैन कहिलेसम्म
हामी जङ्गबहादुरका गुलाम भइरहन्छौ ?
कठपुतली भएर नाचिरहन्छौ ?
रगत बगाइरहन्छौ ?


रचना समय २०५८
कोटेश्वर, काठमाण्डू
सम्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय, मोबाः ९८४१ २९१७७४
email:subedi.roshan@gmail.com

Saturday, November 24, 2007

झुठो आश्वासन

बी जे बान्तवा

सपनाको भारी बोकाई
बिपनामा छाडी गयौ
आज म जिउँदो छदाछदैं
अर्काकै तिमी भयौ
नहुनु नै थियो भने
ब्यर्थै किन माया लायौ?
तिम्रो त्यो झुठो मायाले
आज मलाई जिउँदै मार्यौ
हजार कसम नखाँउ भन्थे
खान मलाई वाध्य पार्यौ
आज यही बिष भयो
मलाई आज जिउँदै मार्यौ
सुख तिम्रो संसार थियो
यो दुखिलाई किन हेर्यौ?
आखिर तिम्रो जीत भयो
किन यात्राको नाटक खेलेउ??

ठुलोदुम्मा-९
भोजपुर, कोशी, नेपाल

दरबारकी सुसारे


भोजराज न्यौपाने

हो, यहीं नेर हो
पहिलो पटक म लुटिएको ।

दरबारका विशाल पर्खालभित्र
कुनै सुसारेले भित्र्याउँदै गर्दा
उसले मेरो नितम्ब छोयो ।
बूढी सुसारेहरुकै अघि
मेरो चोलीको तुना खोल्यो
त्यतिबेला
उनीहरु खित्खीताउँदै बाहिर निस्के
म उसको पञ्जामा परें ।

दरबार भनेको दरबारै हो
त्यहाँ देउता बस्छन् भन्नु हुन्थ्यो बा ।
सुनचाँदीका गहनामा
झकिझकाउ देख्न चाहानुहुन्थ्यो आमा ।
त्यसैले मलाई डोर्‍यायो यो नरकभित्र ।
यी, यहींनेर थियो मेरो पलङ
यहींनेर थियो मेरो ड्रेसिङ टेबल
खुल्ला ढोका
खुल्ला कोरिडरको एउटा कुनामा
म खेलौनाजस्तै बनेकी थिएँ उसका लागि ।
ऊ हरेक दिन आउँथ्यो
र मसंग मन लागी गर्थ्यो ।

एकदिन मेरो पेटमा गर्भ आयो
पेट बोकेको खुसीमा
दरबारका सवै चाकरले बधाई दिए
त्यसैदिन बूढी सुसारे र मलाई
वाहिर पठायो
र गर्भ तुहाउन लगायो ।
पछि, धेरै पछि थाहा पाएँ
त्यतिबेलै झिकिएछ मेरो पाठेघर
त्यतिबेलै गतिहीन भएछ मेरो जीवन ।

हो, यही खोपी हो
मैंले पहिलो पटक गर्भ बोकेको
र, यही खोपी हो
मेरो जीवन खोसिएको
तिमी अहिले देशको महाराज छौ
म तिम्री रखैल सुसारे
तिमीनै हौ मलाई लुट्ने स्वामी
भन किन लट्यौ मलाई
किन तुहायौ मेरो गर्भ ?
किन फाल्यौ मेरो पाठेघर ?
भन त महाराज
तिमीले जवाफ दिनु पर्दैन ?

प्रेम राग

केदार सुनुवार “सँङ्केत”

यो सृष्टि सिर्जना
यो गीत गुन्जनमा
तिम्रै मात्र राग अनि
नवरसले भरिएको छ
खै यो बखत कुन अंगबाट
रस भरौं कवितामा ?
म निरस भएको छु यसबखत
तैपनि रोजेको छु तिमीलाई ।
मेरो कवितामा तिमी
सौर्न्दर्य पराग भएर
पनिर भै मन फटाएर गयौ ।
सुनामीको छालझैं
क्षत-विक्षत बनाएर
मनको मन्द गतीलाई
तहसनहस बनाइदियौ
नहुनु थियो हाम्रो भेट
भेटिन गयो
यही त होला जीवनचक्र चल्ने क्रम
जहाँ तिम्रो र मेरो मन
छिया छिया भएर
दोभानमा परिणत भयो ।
खैं: कुन शब्द शिखाले
परिचुम्बन गरौं तिम्रो अधरलाई
खै: कस्तो स्पर्शले
काउकुती लगाऊ तिम्रो अंग अंगलाई
किनकि म यस बखत
भग्नावशेष भएको छु
तर, तिमी भने मेरो यादविना
पुष्पहार डसनामा फुल्दैछ्यौ रे!
म भने किन किन
तिम्रो सपनाको खोजीमा
रित्तो खाटमा कोल्टे फेर्दै छु ।

हार्नको लागी युद्ध


बसन्त मोहन अधिकारी

हप्ताभरी थकानको उतकर्ष
सुर्यको ताप
तातो हावाको राप
विदा अभिषाप ।
लम्कन्छ उ
शहर तिर
छिर्छ महल तिर
उक्लन्छ होटल तिर
लगाउंदै नजर
बिर्सीएर घरपरिवार
तम्सन्छ उ
युद्ध गर्न
विना हतियार र रणकौशल विना ।
तैपनि,
युद्ध गर्दैछ
थाहा छैन उसलाई
उ हार्दै छ
सुरविर बनिरहेछ
क्षणिक मुस्कान छर्दै ओठमा ।
युद्ध त जित्न लड्नु पर्थ्यो
जो पुर्खाहरुले लडे
बिना अर्थ
उ जोशमा उर्फन्छ
झम्टन्छ
एक नारी माथि
उनि चुपचाप सहिरहन्छिन्
उनलाई थाहा छ
बिजय उनैको हो ।
केवल एक छिन
चुपचाप सहिदिदा
के भो र ?
निमेष भरमै उ
थाक्ने छ
शिथिल शिथिल हुनेछ
हार्ने छ
आपनो बाटो लाग्ने छ
लाजले
घिनले
पश्चतापले
त्यति नभए
खल्ति रितिएर ।
उ हार्दै छ जीवनबाटै,
रोग भित्राएर
पैसा रित्याएर
परिवार रुवाएर
परिवर्तनशिल जविन नचिन्दा
अन्तत रोइरहेछ
जिर्ण र क्षिण बनेर
यो युद्ध चलिरहेछ
मलेशिया र खाडी क्षेत्र तिर ।

यू ए इ

केहि तिता केहि मिठा


तिलक थापा

केहि तिता केहि मिठा
बितायौं हामीले पलहरु...
अनौठो थियो साइनो हाम्रो
थिएन कुनै छलहरु...

मैले गरे मायाका कुरा
तिम्ले पनि गर्यौ...
सजाँउदै सुन्दर सपनाहरु
कैयो नदि संगै तर्यौ...

थाहै नपाइ हामि बिच,
ठुलो आधि चल्यो...
फुल्नै नपाई हाम्रो माया,
ओइली भुइमा झर्यो...

मुटु जोडने दैव पनि
हामी बीच तगारो भयो...
दुइ आत्माको मिलन बिच
टक्क उभि छुटाइ दियो...

Tuesday, November 20, 2007

मेरो बालापन

बी जे बान्तवा

ती हिमश्रृङखलाले दिएका उज्याला किरणहरु
भुल्नै नसक्ने मेरा बालककालका दिनहरु
मेघका गर्जाइँसंगै बितेका ति मेरा गोठालेदिनहरु
बादलका घुम्टोभित्र रमेका प्रितहरु
सानोसंसारको एक कुनामा हिंजो नितान्त म हराउथे
जती पिर ब्यथा भये पनि आफै म रमाउथे
खोलानालाको सुस्केरा सँगै आँफै म गीत गुनगुनाउथे
गाँउघर को मेलापात जाँदा स्वर्णिम आनन्द म पाउँथे
चाडबाड देउशी भैलो रमाइला थिए दिनहरु
अब कहिले पाउने बितेका ति दिनहरु
बालापन रहेछ हाम्रो मिठो सुबाशलिने
बगैचाको फुलसरी छिनमै बितिजाने।

ठुलोदुम्मा-९
भोजपुर, कोशी, नेपाल

इच्छा

सुलभ दाहाल

म विदेश जान्न
यहीँ बस्छु
आफ्नै देशमा बस्छु
मैले मेरो जन्मको
मूल्य तिर्नुछ यो देशलाइ
यो देशको माटोलाइ
म यही, जन्मेँ हुर्के
अब यही चोला त्याग्नेछु
म विदेश जादैँ जान्न
वरु म यहीँ भोकै मर्छु
भोकमरी सहेर पनि
यहीँ बाँच्छु
वरु म दुखमा रमाउछुँ
तर यो देश छाड्दीन
यहाँ महङ्गी,भ्रष्टाचार छ
म अनभिज्ञ छैन
सबै जानकार छन
नातावाद,कृपावाद व्याप्त छ
फेरी पनि यहीँ बस्छ, यहीँ बाँच्छु
म विदेश कहिल्यै जान्न
मलाइ ती डलरकोलोभमा
देशलाइ भुल्नु छैन
त्यसैले म यहीँ बाँच्छु
धेरै सास्ती र थोरै हाँसो खपेर।

सुरुङ्गा-५, झापा,नेपाल

चेलीलाई सम्झेर


इश्वर चाम्लिङ्ग

गोदावरीलाई मखमलीलाई र सम्झे सयपत्रीलाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई

बर्षौ बित्यो सम्झनामै तिहार मनाएको
धेरै भयो खुशि ल्याउने भाका बढाएको
फूल रानीलाई स्यानी बैनीलाई र सम्झे सेलरोटीलाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई

यसबेला त गला भरी माला हुनुपर्ने मेरो
धेउसीरे र भैलेनीले स्वर सुक्नु पर्ने मेरो
दीपावलीलाई मेरो भागी मालालाई र सम्झे टिकालाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई......दीदी तिमीलाई

२०६४ सालको तिहारमा, बेलायत

गजल


वषन्तमोहन अधिकारी

धेरै भयो अल्झिराको गाठो रहेछ ।
सिमाना र साध बिच आठो रहेछ ।

घर भित्र मेलमिलाप हुन छाडेछ
रण्डी बाजी जस्तै चाल नाठो रहेछ ।

समाज भित्र गन्हाएर हल्ला चलेछ
गर्भ भित्र त्यो नाठोको पाठो रहेछ ।

चिसो चुल्हो रोग भोक बच्चा रोएछ
घरनै लुट्यो त्यो नाठो बाठो रहेछ ।

सकुनीको पासा भित्र यहाँ पारेछ
संसारमा नभएको टाठो रहेछ ।

दुख्यो मुटु बाँच्न अव गार्हो भएछ
कपिलवस्तु रौतहटको लाठो रहेछ ।

यस्तै गरिन्छ यहां

तुलसी सुनार

दमाइले सिलाएका कपडा लगायर
मन्दिर भित्र पस्ने हरु
त्यहि मन्दिरमा
दमाइलाई पस्न दिदैनन् यहां
ढुङ्गालाई देउता मान्दै
मुर्ति पुजा गर्ने हरु
त्यहि मुर्ति बनाउने हातहरुलाई
मुर्ति छुन दिदैनन् यहां

सुनारले बनाएका गहना लगायर
झकमक्क भई हिड्ने हरु
त्यहि सुनार ले छोएमा
सुनपानी छर्कि चोखिन खोज्छन् यहां

कामीले बनाएका भाडाहरु सजायर
घरको सौन्दर्य बढाउन खोज्नेहरु
त्यहि भाडोमा उसैलाई
पानी दिन मान्दैनन् यहां

यो कस्तो बिडम्बना
जस्ले श्रम गर्छ पसिना बगाउछ
त्यहि मान्छे पछाडी परिरहेछ यहां
जस्ले श्रमको सोषण गर्छ
त्यहि मान्छे अगाडी बढीरहेछ यहां

त्यसैले

श्रम गर्ने र पसिना बगाउनेहरुको
श्रमको मुल्यांकन गरिनु पर्छ यहां
एक मुठी चामल र पिठो होइन
पेटभरी खान र बस्न पाउनु पर्छ यहां ।

रझेना ४ पुष्पनगर बांके नेपाल

Monday, November 19, 2007

आगो बल्दैछ

स्वर्गीय विमल गुरुङ्ग

केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरै खाइसकेपछि खाना ।

आगो बल्दैछ
पात पतिंगरहरु जल्दैछन्
काठहरु बल्दैछन्
खसेलाहरु जल्दैछन्
आगो बल्दैछ ।

रहर छ
आगो ताप्ने मलाई पनि
यो हुस्सु परेको रातमा ।

आगो बल्दैछ
अवरोधहरुको फलामको सत्ता गल्दैछ
हामीलाइ
बाटोमा
राम्ररी हिंड्न नदिने
काँडाहरु जल्दैछन्
कोइला हुँदैछन्
खरानी हुँदैछन्
आगो बल्दैछ ।

कहीं जाँदा पनि
हामीलाई शान्ति छैन
कोठा जाँदा पनि शान्ति छैन
कौसीमा
सडक, रिक्सा, साइकल, मोटर
मान्छेहरु र
काठका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
सिमेन्टका पोशाक लगाएका घरहरु हेर्दा पनि शान्ति छैन
केही गर्दा पनि शान्ति छैन
कतै जाँदा पनि शान्ति छैन
हुस्सु-हुस्सु छ चारैतिर
ठण्डा-ठण्डा छ चारै-चारैतिर ।

हुन सक्छ
यसैले केटाहरुको
भेलाबाट निर्णय भयो
आगो बाल्ने
भरे खाइसकेपछि खाना ।

आगो बल्दैछ
साइकलको पुरानो टायर जल्दैछ
खुब मजाले
हवार-हवार्ती जल्दैछ
साइकलको
डेट-अफ ट्युबहरु जल्दैछन्
छेस्का छेस्कीहरु बल्दैछन्
मकैका खोयाहरु जल्दैछन्
प्लास्टिकहरु बल्दैछन्
ढुङ्गाहरु काला हुदैछन्
माटोहरु डड्दैछन्
वातावरण तापमय हुदैछन्
फलामका वीर धुँवाहरु नक्षत्रतिर जाँदै छन्
हुस्सु भयभित हुदैछ
आगो बल्दैछ ! !
२०४६-९-२०

ठेगाना बुद्घ चौक, धरान-१८
जन्म कार्तिक १९, २०२८
मृत्यु बैशाख २४, २०४८ -बस दुर्घटनामा
कृति कविता संग्रह 'आगो बल्दैछ'

Thursday, November 15, 2007

एक पुस्तक र एक लेखक


सबिना सिन्धु

सारा धक फुकाएर
आफैंलाई उप्काएर
कागज भित्र कोरिन्छ
अक्षरका ती लामहरुमा ।

र् तर्क र वितर्कको संज्ञा लगाई
शब्द र परिभाषहरुबाट
झोल झैं ऊ छानिन्छ
मस्तिष्कका रङ्गनि जालीहरुमा ।

वाक्यांशका लहरहरु भित्र
अक्षरका मूल्यहरुमा
प्रत्येक पल्ट ऊ फेरिन्छ
हेर्राई र दृष्टिको मोलमा ।

भिन्न प्रकाशमा
भिन्न मुहारका
आँखाका अनौठा र्स्पर्शहरु पश्च्यात्
सुरक्षित साथ सेफ र र्याकमा सजिन्छ ऊ ।


- 'परिवर्तन' कविता सङ्ग्रह - २०५९ बाट

Tuesday, November 13, 2007

मदर टेरेसा


तिलक थापा

कठै मेरी आमा
कति असल थिईन उनि.....

भन्नु हुन्थ्यो
घमण्ड नगर,...
सवैलाई निश्छल
माया गर,...
सुःखमा नहास, ...
दुखमा नरोउ...
समस्यहरु संग नभाग...
मौज र मस्तीमा
मात्र नरम...
आहा, मेरी आमा
समाजकी गुरुआमा
थिईन उनि...

भन्नुहुन्थ्यो
दिन दुखीको सेवा गर,...
शत्रुलाई मित्र बनाउ, ...
मित्रलाई मनमा बसाउ, ...
रिस र घृणा त्याग...
असाहृयलाई माया गर...
आहा, मेरी आमा
कति ज्ञानी थिईन उनि...

भन्नुहुन्थ्यो
बटुवाको निम्ती
पाटी पौंवा बनाउ...
त्यसैको छेउमा
एउटा कुवा खनाउ...
थकित यात्रीका लागी
चौंतारी बनाउ...
आहा, मेरी आमा कति असल
थिई उनको विचार..

भन्नुहुन्थ्यो
अनपढलाई शिक्षा दैउ...,
अन्धोलाई संगै डोरयाउ...
अनाथलाई आश्रम दैउ, ...
बृद लाई आश्रअ दैउ...
आहा, मेरी आमा
कति महान थिईन उनी...

भन्नुहुन्थ्यो
पापीलाई धर्म सिकाउ, ...
बैमानीलाई गुन सिकाउ, ...
जिद्घीलाई जितन दैउ,
घमण्डीलाई आचरण सिकाउ, ...
आहा, मेरी आमा
कति असल थिईन
मेरी आमा....

भन्नुहुन्थ्यो
शुद्घ मनले पुजा गर,..
कसै माथी पाप नसोच, ..
देउतालाई प्रशन्न बनाउ, भन्दै,
कुनै पशुको बलि नचढाउ..
सक्छौ भने देउताको नाउमा
एक जोडी भाले पोथी
परेवा छोड्देउ..
आहा, मेरी आमा
कति धर्मि थिईन उनी..

मदर तेरेसा का नामले
चिनीन्थिईन उनि..
तिमो र मेरो मात्र हैन
ससार कै आमा थिईन उनि..
लाखौ आमाहरुका आमा..
मदर तेरेसा थिईन उनी..

Saturday, November 10, 2007

लक्ष्‍मी प्रसाद देवकोटा र आवश्‍यकता



बसन्‍त मोहन अधिकारी

निराशाको बादल भित्र
आशै आशाको झिल्‍को
सँगाल्‍दै पीडा व्‍यथा
श्राप लक्ष्‍मीको
यात्रा साहित्‍यको
महाकवि तिमी नै हौ यो
साहित्यिक युगको ।
अब्‍यक्‍त छ देन
समर्पण र सङ्कल्‍प
दया माया प्रेम र विश्‍वासमा
काम र कर्तब्य
पीडै पीडाबाट
सुन्‍दर उपहारहरू
पढिरहेछौ
हामी अनेक साहित्‍य र शब्‍द ।
पुत्र वियोग
बाडेर बस्त्र
छोडेर कालरात्रीको अस्‍त्र
धर्म हो मानवता
अभावै अभावमा
किकर्तब्‍यताको मन्‍त्र ।
त्‍यागी सुख सयल
भएर मयलै मयल
उठायौ राष्‍ट्र र राष्ट्रियता
साहित्‍यकार भै
देशभक्‍तीको पृथक यन्‍त्र ।
आज बिडम्‍बना,
अविच्छिन्न आसौच बार्दै छ राष्‍ट्र ।
गुहारदै छ कालापानी र सुस्‍ता ।
घट्यो वीर गोर्खालीको प्रतिष्‍ठा ।
गर्दैछ कपील बस्‍तु यता र उता ।
बुद्धको देशमा अशान्ति जतातता ।
छोपीदैछ यर्थाथता ।
चोरीए गहनाहरू !
लुटीए बस्‍त्रहरू !
आए हत्‍या र आतङ्कहरू !
बढेर लोभी पापीहरू ।
हाहाकार , चित्‍कार, ऐया, ऐया
जल्‍दैछन् जनताहरू
पर्खिरहेछन् कापी र कलमहरू ।
हे लक्ष्‍मी प्रसाद देवकोटा !
आँउ तिमी नेपाली भै यता
खोज्‍दैछिन् तिम्री माता !
खड्कीरहेछ तिम्रो आवश्‍यकता ।
खड्कीरहेछ तिम्रो आवश्‍यकता ।

यू ए इ

Friday, November 9, 2007

घाँसको नृत्य


टंक वनेम

लहलहाउदो घाँस
हल्लि रहेछ
कहिले यत्ता
कहिले उत्ता
जसरि बहन्छ हावाको गति
मानौं-
निलो आकास
प्राकृतिको नाटक हेरिरहेछ
किट पतङ्गहरु
स्वर मिलाई रहेछन्
झयाउँकिरि पखेट्टा रेटिरहेछ
घाँसे मैदानको
घाँसे नृत्यमा
पाईतलाहरु छमछमाउदै
सजिव जीवनको
चलायमान हुन्छ
मृगशावकहरु उफ्रीन्छन
चराहरु चिर्रबिराउछन्
खोलाले अलाप्छ
बेलाको रति राग निरन्तर ।
पहेला पातहरु ढोग चढाउछन्
सिरुका शिरमा सिरबन्दी
हावासंग नाँच्न थाल्छ
सिरुबारी
मुक दर्शक बनेर रुखहरु
बोधीसत्वमा रम्छ
घाँसे मैदान
अलौकिक जीवनको
सन्देश बाँड्दै घाँसहरु ।
तर-
प्राण भर्ने हावा संग
नाँच्न नसकेर पिडा बोध
उज्यालो र्छर्ने घाम संग
हाँस्न नसकेर
स्वतन्त्र हुनुको सिकायत
हामी मान्छेहरु
बाँच्नुको पुल छिनालेर
यात्रा निमार्ण गरि रहेछौं विध्वंसको
सगरमाथा झैं उभाएर
मानवहरु बीचमा युद्ध
घाँसे मैदानका घाँसहरु झैं
कहिले फरफराउँछ शान्ति
र ओभाउछ आङमा न्यानो घाम
चिर्रबिराउने हुन कहिले
मनको पखेरामा चराहरु
घाँसे मैदानमा
घाँस हुदो हो त्यतिखेर
र नाँच्दो हो पखेट्टा फटफटाउदै
जसरी
घाँसको नृत्य हेरेर
मन रमाई रहेछ
भुर्रभुर्र उड्ने चरी जस्तो
घाँसहरुले थाम्न सक्दैन झैं
नुहेर डालीडालीमा ।

गीत

केशर के राई


मेरो जिन्दगी भन्नु नै तिमी हौ माग सारा दिनेछु
आँसु होस् या पीडा देऊ जनम-जनम तिमी मै समर्पित हुनेछु

पाखा-पखेरा सजाउने सुनगाभा र लालीगुराँस तिमी
हताश मेरो तनमा बहार दिने संगितका सरगम हौ तिमी
म त यात्री तिमी लक्ष्य देवी-देउराली भाक्नेछु
आँसु होस् या पीडा देऊ जनम-जनम तिमी मै समर्पित हुनेछु

चन्द्र-सूर्य झै खुलेका हिमाल झै हाँसिदिने तिमी हौ
प्रत्येक शब्द-शब्दमा स्वाद भरिदिने रस्वान तिमी नै हौ
म त धर्ती तिमी आकाश हरेक क्षण नियालीरहनेछु
आँसु होस् या पीडा देऊ जनम-जनम तिमी मै समर्पित हुनेछु

पाथेका-४, खोटाङ
हालः- काठमाडौ
kesharthulung@yahoo.com

Monday, November 5, 2007

झुक्यायो

रुन्चे रिमाल

झुक्यायो ! झुक्यायो ! झु.....क्यायो
चुनाव देखि भागेका
विना भोटका सांसदले झुक्यायो
जनता झुक्यायो
लौन झुक्यायो
आहा झुक्यायो
पहाडीलाई झुक्यायो
मधेसीलाई झुक्यायो
हिमालीलाई झुक्यायो
सोझा साझा नेपाली सबैलाई उल्लु बनायो
हो बनायो
आच्या बनायो
का बनायो
ह ! बनायो
अरे बनायो
यस्तै यस्तै सबै बनायो
नेपाली सबैलाई उल्लु बनायो
टिके सांसदले झुक्यायो
विषेष अधिवेशनको नामले हसायो
माओवादीको रहरले फसायो
एमालेको गणतन्त्रले झुक्यायो
कांग्रेस त गणतन्त्र बादी नै हैन त्यसैले त झुक्यायो
संविधान सभा का हो का हो जनमत पो ल्यायो
विना जनमत संग्रहको संविधान सभाले झुक्यायो ।
नियम कानुन केही छैन देशलाई फसायो
लौन झुक्यायो
आहा झुक्यायो
पहाडीलाई झुक्यायो
मधेसीलाई झुक्यायो
हिमालीलाई झुक्यायो
नेपालीलाई झुक्यायो

runaman_lagkchha@yahoo.com

जिन्दगी


दिलिप योन्जन

उज्यालो र कोलाहलमा बिलाउन
सधै सधै म आसाको त्यान्द्रो लिएर
अभाबको समाधन खोज्दा खोज्दै
मिरमिरे देखि गोधुली रक्तिम किरणसम्म
बाटो दोबाटो अनि गल्ली हुदै
वारि छितिजबाट पारि छितिजसम्म
भड्किरहन्छु.............दौडिरहन्छु........
आवश्यकताको गहिरो धरातलमा
अतालिदै कहालिदै खोजि हिड्छु
त्यही भिडहरुको बीचमा
गन्तब्यको थकाइपछि फर्किन्छु
खाली हात लामो सुस्केरा बोकेर
पोल्टोभरि झुटो बिश्वास दिएर
बर्षौ बर्षसम्म धैर्यतामा बाचिन
कल्पना भरि खुसीयाली समेटेर
खाली पेट पटुका कस्डै हासिन
जवानी फिर्ता मागेर रोइन
सम्पति र मोजमस्ति मागिन
नौलो आसा र उमग बोकेकी हुन्छिन्
आँखाभरि आसु झारेर खुशी दिन हास्छिन
मुटुभरि पीडा लुकायर भाबनमा बाच्छिन
मैले एक मुठि खुसी दिन सकिन
फुल्छन् मनका कुनामा रुन्चे खुसिहरु
न मैले दिन सकेन उनले अधिकार मागिन्
अभाबको खाडलमा होमिएको जिन्दगी !


D. F. MEXICO

विचार मञ्च

नेपाली साहित्यले व्यवसायीक हुनु आवश्यक छ कि छैन ? साथै साइवर ब्लगमा नेपाली साहित्यको प्रवेशलाई कुन रुपले हेर्नु हुन्छ ? तपाइको आफ्नो विचार तल कमेण्ट बक्समा सम्प्रेषण गर्न सक्नुहुनेछ

गजल


तिलक थापा

किन होला आज भोली मन त्यसै बोली दिन्छ
बन्द थियो मनको ढोका उनकै यादले खोली दिन्छ ...

भुली सके भन्थे जसलाई यादले फेरी उसैलाई खोज्यो
सुन सान यो मन भरि अतित फेरी बल्झी दियो
बाझै थियो मनको बारी उनको याद फेरी पलायो ...

पत्थर मन संझन्थे आफैलाई उनको यादमा नौनी हुन्छु
रुन्न अब भन्दा भन्दै उनलाई संझी एक्लै रुन्छु
गर्दिन अब संझना भन्थे हरपल उसकै यादमा डुब्छु

हाल - हंगकंग
अगस्ट २००५

विचरा म जीवन !

विरही शर्मा

विचरा
म नाती !
चञ्चलता के हो ?
सिक्तै थिएँ
सिक्नै पाइँन

विचरा
म छोरा !
रौनकता के हो ?
जान्दै थिएँ
जान्नै पाइँन

विचरा
म प्रेमी !
सपना के हो ?
देख्दै थिएँ
देख्नै पाइँन

विचरा
म श्रीमान् !
स्वतन्त्रता के हो ?
महसुस गर्दै थिएँ
गर्नै पाइँन

विचरा
म बाबु !
दायित्व के हो ?
घोत्लिदै थिएँ
बुझ्नै पाइँन

विचरा
म बाजे !
संसार के हो ?
तौलदै थिएँ
तौलनै पाइँन

विचरा
म लास !
जीवन के हो ?
सोच्दै थिएँ
सोच्नै पाइँन

२२ फागुन, २०६३
सहयोगीनगर, कोटेश्वर

गजल



बसन्‍त मोहन अधिकारी



म सक्दिन यो भर्न यो जीवन के हो ? के हो ?
मृतु संग छ सर्न यो जीवन के हो ? के हो ?

फूल काँडा देख्‍ने नजर फरक हुदै गो
आँउछ आशु पर्न यो जीवन के हो ? के हो ?

कहिले हाँसो कहीले आशु मेल अनौठो
यसमा पर्छ चर्न यो जीवन के हो ? के हो ?

जन्‍म र मृतु बिचको यो कस्‍तो यात्रै यात्रा
आफैलाई छ हर्न यो जीवन के हो ? के हो ?

आशै आशमा यो उसैको पर्खाइ रहेछ
भोली त पर्छ मर्न यो जीवन के हो ? के हो ?

यू ए इ

Wednesday, October 31, 2007

नदी किनारा


देवेन्द्र खेरेस

कुन वगैचा
कुन वनजंगल
र कुन पाखापर्वतबाट बगायो
त्यो असती बाढीले मलाई ।

त्यै बाडीमा बगेर
हाड र छालाहरु खिइएछ
नशाहरु खुम्चिएछ
र बाढीसँगै बगेर
जान नसकेपछि
आधा बाटैमा छेउलागेको
नदि किनारा हुँ म ।

त्यै वगैचामा फल्ने-फुल्ने वैषहरु
त्यै वनजंगलमा डुल्ने-घुम्ने जोसजाँगरहरु
त्यै पाखापर्वतमा हास्ने-खेल्ने रहरहरु
त्यै असती बाढीले गर्दा
भलै-भल
पहिरै-पहिरो
र छाँगाबाट खसेर
फुटेर
चिराचिरा परेको अस्तित्व
टुक्रिएर जोडिन नसकेको
खिइएर चम्किन नसकेको
यतिवेला
हराउनलाई तयार
बिलाउनलाई तयार
र नदिमा पानी भएर
बग्न नसक्नुको पीडा
थप्लाभरि बोकेर
गन्तब्यको खोजिमा हिँडेको यायावर

अब
आफ्नै थानवास खोजेर/रोजेर
जाने सुर चढेकोछ
साच्चै सुर चढेकोछ
कहा कहा जाउजस्तो
के के गरौजस्तो
र कतै बाटो खोजेर
हिँडि हालौजस्तो सुर चढेकोछ
फेरि फेरि तल नझर्नेगरि
फेरि फेरि तल नपर्नेगरि
फेरि फेरि तल किचिएर नमर्नेगरि
उभै उभै जाने सुर चढेकोछ
मैले टेकेको माटो
मैले हिडेको बाटो
मैले हेरेको दृष्य
मैले वाँचेको जीवन
मैले रोजेको विचार
सप्पै सप्पैमा सुर चढेकोछ ।

यै नदिको जघार तर्दै
माथि-माचि पुगेर
हिउ झरिबस्ने
पहाडको मुन्तिर
झुलो चक्मक्मा
दल्सिन् ढुङ्गा ठोसेर
झिल्का उडाउदै
आगो वाल्ने सुरचढेकोछ
पुरानो ठुटाहरु ढालेर
पुरानो झिक्राहरु भाचेर
पुरानो पातहरु टिपेर
पुरानो बोक्राहरु ताछेर
पुरानो जराहरु उखेलेर
र, अझै पनि भएन भने
काचो काठमा आगोवालेर
वर्षौ देखिको जाडो छल्ने सुरचढेकोछ ।

विचारको छेप्याश्रले
कन्चटमा ताकेपछि
पढ्किनलाई तयार
यै किनारमा
यहिनेर हेर्छु
पानीमा सल्बलाउने
माछाहरुको बथानझै
नशा-नशामा वग्ने
तातो रगत
घरि-घरिनै उम्लिने गर्छ ।
र, यै नदिमा
तल र माथि
माथि र तल
र पर-परसम्म
गोतामारेर संसार फैलाउने
सामुन्द्रिक प्राणीझै
म आफ्नो संसार फैलाउन किन सकिन ?
कि म प्राणी हैन ?
कि हैन म प्राणी ?
कि प्राणी मध्यको चेतन्शिल प्राणी हैन म ?

अब
किनारा भएर बस्नुको अर्थ छैन
अब खिइसकेको हाड र छालाहरु
सेकतापगर्दै
हिसाब गर्नुछ
भाचिएको करङ्गहरु गनेर
बिर्सिएको सपनाहरु खोज्दै
फरि अर्को सपना देख्नुछ
खोला
नदि
समुद्र
र, सागर महासागरदेखि
किनारालागेको म
अब सपना देख्नुछ
अर्को - समयको लागि
अर्को - चेतनाको लागि
अर्को - मानिसको लागि ।

हाल - हंगकंग

अभाबको जिन्दगी


दिलिप योन्जन

मिरमिरेमा जब किरण छरिन्छ
भोकको रापले खडेरीले झै पोल्छ
अलास तलास पसिना सरि ब्युझन्छु
दिन भरिको घामले डढेर कक्रे झै
दोबाटो चोक गल्लि गल्लिमा भौतारिन्छु
अभाबले अतालिएको जन्तु जस्तै
रोगले पाकेर गनाए जस्तै
खालि पेट मातेको मान्छे जस्तै
हावा, हुरि, झरी, बादलमा कति डुबे
छट्पटिन्छु रात भर खाली भुईमा
बरदान माग्दा काटेर फालेको भाले जस्तै

D. F. mexico

Tuesday, October 30, 2007

गजल


बसन्‍त मोहन अधिकारी

निष्‍ठुरी भनि नभनि दिनु
मेरो लाश उपहार लिनु ।

बगैंचाको सुंगन्‍ध फुल यो
बन्‍दैछ विवशताले सिनु ।

सकिन मैले जिउँन यहाँ
प्रदेशीको यहि मेरो चिनु ।

म आकश तिमी धर्ति भयौ
अब भो हाम्रो सम्‍बन्‍ध छिनु ।

ईश्‍वरको ईच्‍छा मेरो अन्‍त
तिम्रो बसन्‍त भो लाश बिनु ।

यु ए इ
nepalsguide@yahoo.com

पोस्टमार्टम रिपोर्ट


चन्द्र गुरुङ्ग

यो लास
त्यही मान्छेको हो ।
प्रत्येक तोडफोडमा
जो बोक्दै विदेशी भाला र तलबार
खोज्थ्यो आफ्नोई दाज्यु-भाईका स्वदेशी टाउकाहरु
र हिंड्थ्यो जसका प्रतिगमनकारी खुट्टाहरु
कुनै निरंकुश शासकलाई अग्रगमनकारी भन्दै
विष्णुको विशुद्घ अवतार मान्दै
दरबाररुपी जीर्ण मन्दिरमा पुनःस्थापित गर्न ।

यो लास
त्यही मान्छेको हो ।
'नेपाल बन्द'को मौका छोपेर
जो आफ्नोई देशलाई
सडकहरुमा टायर बनाएर बाल्थ्यो,
र्साईनो गाँस्ने पुलहरु भत्काएर
थुप्रै मितेरी गाउँहरुलाई अलग पाथ्र्यो
र तोडेर टेलिफोनका निर्दोष टावरहरु
फोडेर बिजुलीको शक्तिशाली स्टेशनहरु
सुनसान बनाउँथ्यो असंख्य टोलबस्तीहरु ।

यो लास
त्यही मान्छेको हो ।
जो काटमारहरुमा उत्साहपूर्वक सामेल हुन्थ्यो
र चोरी-डकैतीहरु त
उसको लागि सामान्य दैनिकी बन्थ्यो ।
तर दुर्भाग्यवश
ऊ, मारिएछ यसपालीको हुलदंगामा ।
आज, उसको लासलाई चिरफार गरेर
डाक्टरहरुले तयार पारे एउटा पोस्टमार्टम रिपोर्ट
कि, " उसको मुटुभित्र देशको नक्सा नै थिएन । "

रक्त चन्दन


टंक वनेम

जराहरु मक्किएर
काण्डहरु नफले पछि
त्यहि रुखका पातहरु
त्यहि रुखका डाँठहरु
त्यहि रुखका काठहरु
अर्को शब्दमा-
रगत जस्तै रातो देखिने
बाशनादार रक्त चन्दन
अरनिको राजमार्ग हुँदै
खासा पुग्छ अचेल

साट्छ अराजकताको भाउ ।
त्यहि भाउको रङ्ले
राजतन्त्रको रङ् पोत्छ

उर्माछ गणतन्त्र भूमीमा
क्याकटसका काँडाहरु
घोंच्न थाल्छ
जनताको मुटु कलेजो
रातो रगत र
रक्त चन्दनमा फरक छैना भने
किन हुदैछ ?
रगतको रातो ब्यापार
किन मौलाई रहेछ ?
भ्रष्टाचारको कालो झयाङ ?
किन चुली रहेछ ?
क्रय-विक्रयको माना पाथी ?
प्रशोधन भएर सुटुक्कै
किन दलिन्छ ?
सुकुमारी गालामा
रगत जस्तै रातो
रक्त चन्दन ?

वेष्टमिडल्याण्ड् ।
tankawanem@yahoo.co.uk

नृशंस पर्खालहरू


गीता त्रिपाठी

जिस्कायौ तिमीले
सरसर बतासलाई
जिस्कायौ तिमीले
धपधप आगोलाई

जुरुक्क उठेर बतासले
आगोको कान फुक्यो
बतास- बतासमात्रै रहेन अब
आगो- आगोमात्रै रहेन अब
हुरी र डँढेलोलाई
अब तिमी कतिबेर जिस्काउन सक्छौ ?

जत्ति घेर्नुछ- घेर
जत्ति अग्ल्याउनुछ-अग्ल्याऊ
अब सुरक्षित छैनौ तिमी
गर्लम्म ढल्दैछन्
तिम्रैसामु
तिमीले ठड्याएका
नृशंस पर्खालहरू ।

बैशाख ७, २०६३

Sunday, October 28, 2007

साँकेतिक शब्द कबिता

केदार "सँङ्केत"


साँकेतिक भाषामा
कबिताहरुले दिएको सँकेत
जीबन दर्शन
सधै नयां कुराको आयाम
आवस्सेक समसामयिक निती
भबिस्ये सङ्कल्प
इटाबुने जस्तै
सङ्ररचना गर्छ् रच्छ
*
बिसंगती,आबेगआलोचना
सुच्म द्र्स्ती गौचर
प्रतेक बिसयको
क्लिस्ट भाबनामा सम्बोधन् गर्दै
बिसंगतीको
अकबरे खुर्सानी बाँड्ने
जनता जनार्दनका
अतेन्तै सस्तो
अनि सरस माध्धेम हो यो
* *
शब्दका सोच्छ भाबनामा तैरिएर
शब्दहरुलाई चयन गर्दै
बेबहारिकताको खाँचो औल्याउने
समाज राष्ट्र र बिश्व जगाउने
शुद्द तरको स्वाद शब्द हो यो /
* * *
चौबाटो सडकको
रातो पहेलो र निलो
अटो बत्तिले झै
एक पछि अर्कोलाई बाटो दिदै
सबैलाई गन्तब्यमा पुर्याए जस्तै
समिश्रण शब्द्को
अनुबम हो
साँङ्केतिक सँङ्केतको
शब्द् कबिताहरु !!!
-
kirankabi@hotmail.com

मनको चङ्गा


इश्वर चाम्लिंग

फुलको रङ्ग चोरी यो मनको चङ्गा
उडी छोऊ ताराजुन भन्छ म सँग

आखा भित्र भित्रै हराइ रन्छ मन
गुरास झै रातै रंगाईदिउ की बन
गुरासकै रङ्ग चोरी यो मनको गंगा
बग्दै सागर पुग्छु आजै भन्छ म सँग

चरा झै माथी माथी उडु भन्छ मन
उड्दै हिमाल पारी पनि पुगु भन्छ तन
हिमालकै हिँउ चोरी यो मनको चङ्गा
उडी छोऊ ताराजुन भन्छ म सँग

Tuesday, October 23, 2007

फूल, कविता र म


दुर्गालाल श्रेष्ठ

फूल हेर्दै गर्दा कैले
कस्तो-कस्तो हुन्छ,
कता-कता भित्र मलाई
कविताले छुन्छ !


पातमाथि पात न हो
के छ उसको तन,
त्यसैले नै कसो-कसो
के के हुन्छ मन !


हावा देख्यो कि त काम्यो
कति कमजोर,
तर त्यसको कम्पनले
पर्छ मलाई तोड !


यस्तो किन हुन्छ अरे
मलाई थाहा छैन,
कस्तो हुन्छ त्यो कविता
कैल्यै देख्या हैन !


२०५९ वैशाख ६

औलाहरु चुमेर


बैरागी काँइलाका

औलाहरु चुमेर औला भरि सलाम !
मेरो हजुरलाई आँखाभरी सलाम !

के बिराएँ - नजरले चुमे
ती फूल जो ओठमा फुले ।
के बिराएँ - हत्केलामा थापे
ती केश जो लाजमा झुके !
माने, कि मेरो हजुरलाई
बाटोभरि साह्रै गरी लाज लाग्यो रे !

औलाहरु चुमेर औलाभरि सलाम !
मेरो हजुरलाई आँखाभरि सलाम !

के बिराएँ - सपनामा आएँ
सपना र विपना पगाले
के बिराएँ - फूलमा गाले
सीमाना र साध नै पगाले !
माने कि मेरो हजुरलाई सपनामा
रातभरि नींद लागेन रे !

मातेको सुरमा इतिहासको रचना


टंक वनेम

अराजकताको कालो ख्याकले
देश तर्शाइ रहेको बेला
ए... देशका नेताहरु हो
ए... देशका पेशागत बुद्धिजीबीहरु हो
ए... लेखक पत्रकारहरु हो
अधिकार प्रतिबन्ध भएको बेला
मौलिक हक निलम्वन भएको बेला
आउ
बरु एकैछिन
बत्तिस पुत्तलिको भट्टपिसलमा
मज्जाले तोङबा तानौं ।


निषेधाज्ञा लागेपछि
सार्बजनिक जीवनको गोरेटोमा
कानुनी गोली खाइने भए पछि
ए... ब्यापारीहरु हो
ए... पर्याटन ब्याबशायीहरु हो
ए... बिद्यार्थीहरु हो
आउ
सुरक्षित ठाउ"को खोजी गरौं
देवताको पालामा सोमरस भनिने
आधुनिक तोङबा तानौं ।


प्रजातन्त्र सन्केको बेला
मन्दिर,मस्जिद, र शिक्षालय
सडक, पाखा पखेराभन्दा
बत्तिस पुतलिको भट्टीपसल नै
धैरै सुरक्षित छ
आउ.....
आधुनिक संस्कृतिको जयजयकार गदै
मरिरहेको मुलुकको नाममा
एउटा शोक उत्सव मनाऔं
हो.....
साच्चिकै बीर गोरखा हौं भने
मातेकै सुरमा- अब एउटा नया
इतिहासको रचना गरौ ।


Monday, October 15, 2007

दसै



विक्रम सुब्बा

एसपल्ट पनि ऊ त
कतैबाट डुल्दै डुल्दै आएको थियो ....
कतैबाट झुल्दै झुल्दै आएको थियो ...
जजसका जहान बालबच्चा आफूसँगै थिए
तिनको आँगन सिकुवा र घरभित्रैसम्म
खुशीका तरंगहरु हुल्दै हुल्दै आएको थियो ...
कतैबाट डुल्दै डुल्दै आएको थियो ...
कतैबाट झुल्दै झुल्दै आएको थियो ...

भुराभुरीहरुको-
वर्षदिनपछि फेरेको रङ्गीचङ्गी नानामा
चाडको निम्ति जोरजाम गरेको खानामा
असार साउनमा माना लगानी गर्ने
अनि मंसिरको आँगनमा मुरी अन्न भर्ने
अनिकालमा सघाउनेजस्तो भएर
सिङ्गै मंसिर स्वात्तै खाएर पनि नअघाउनेजस्तो भएर
एसपल्ट पनि ऊ त?
कतैबाट डुल्दैडुल्दै आएको थियो ...
कतैबाट झुल्दैझुल्दै आएको थियो ...

नानीहरुले जिस्केर
स-स्याना हातले इसारा गरेर बोलाइदिनाले
बाबुआमाको टाउको टेक्दैटेक्दै आएको थियो ...
डढी सकेको घरघडेरीमा बसेर भए पनि
सुन्दर भविष्यको सपना देख्नेहरुलाई
र्सवस्व लुटिइसकेपछि पनि
पक्षीका भुक्त उडानको गीत लेख्नेहरुलाई
एसपल्ट पनि भेजोले ?
कति धार्नी दसैँ चाहिन्छ ? भनेर सोधेको थियो ...
व्याउला व्याउली र लाशहरु सिगार्ने बस्त्र
एक्कै ठाउँमा सजाएर बसेको
केटीहरुको सपनाजस्तै रङ्गीन दोकानले पनि
कुन रङ्गको दसैँ चाहिन्छ ? भनेर सोधेको थियो ...
घोडा छाँदिसकेको वीर योद्धालाई क्रान्तिले जस्तै कालो रात्रीले पनि-
कुन हतियारको दसैँ चाहिन्छ ? भनेर सोधेको थियो ...
अलिकति धर्तीबाट माटो सापट गरेर
मकै धान उमार्ने टपरीले पनि
कति बोट जमाराको दसैँ चाहिन्छ ? भनेर सोधेको थियो ...

जुनसुकै डिजाइनको लुगा लगाए पनि
कात्रो नै बेरेको जस्तो देखिने जिउलाई
कुन रङको दसैँले सिगार्नु र ?
खराप मानिसको निम्ति दरबान भएर
किसिमकिसिमका हातहतियारहरु
कालो रात्रीमा ढुक्कै परेड खेल्दै छन्
इतिहासको निम्ति सैनिक बन्न चाहनेले
कुन हतियारको दसैँ छानेर उठाउनु र ?
साथीहरुलाई मलसाँप्राले छिनाएपछि
ज्यान बचाएर ?
छक्क परेका परेवाजस्ता कानहरु छन्
नाथे भर्लाको टपरीमा उम्रिएका जमराहरु
कुन कानमा सिउरिनु र ?
जतातिरबाट सम्झे पनि
कामै नलाग्ने पलाँसको फूलजस्तो भएर यसपल्ट पनि ऊ त ?
कतैबाट फुल्दै फुल्दै आएको थियो ...
कतैबाट झुल्दै झुल्दै आएको थियो ...

बच्चाहरुको चिन्ताले खुम्चिएको
छालाको निधारमा-आशीवार्दलाई ओथ्रा बस्न मनाही गरिदिए
मेरो छातीमा तोप पड्काएर हर्कबर्डाई गर्ने
उसको गुरु-योजना च्यातेर छरिदिए
ललाउँदै फकाउँदै भन्न त ऊ
'तिम्रो ओठलाई मुस्कानको उपहार ल्याको छु' भन्थ्यो
तर ओठै बलात्कृत होला भनेर ?
घृणाका थुकहरु ओठैभरि तैनाथ गरिदिए
किनभने, जतातिरबाट सम्झे पनि
कामै नलाग्ने उन्युको फूलजस्तो भएर
एसपल्ट पनि ऊ त
कतैबाट फुल्दै फुल्दै आएको थियो ...
कतैबाट झुल्दै झुल्दै आएको थियो ...
कतैबाट डुल्दै डुल्दै आएको थियो ...

-
२०४०, मंसिर १८ कीर्तिपुर

नेताहरुलाई

मनरुप नेप्च्युन


आजभोलि
तपाईंहरुको स्वाभिमान
ठाउँ-ठाउँमा
चर्किन थालेको छ ।
अभिमानको चापले हो कि ?
बिचलित जस्तो
देखिने स्वाभिमान
निरीह आकाशमा
उड्न खोज्दैछ ।
तपाईबाट
विदा पाएर हो कि ?
तर
तपाईलाई थाहा छ कि छैन ?
उसको सुनियोजित
आकाशमार्ग चील र
गिद्धहरुको बाटोमा पर्दछ ।
किन कि,
आकाश अहिले
चील र गिद्धहरुको घेरामा छ ।
आजभोलि
तपाईहरुको स्वाभिमान
ठाउँ-ठाउँमा
चर्किन थालेको छ ।
अभिमानको चापले हो कि ?
मानिसको मन, मस्तिष्क त
एकाधिकारवाला कुर्सी हो
जहाँ एउटा मात्र रहन्छ ।
स्वाभिमान या अभिमान ।
स्थापित स्वाभिमान
चर्किन थाल्छ
अभिमानको चापले ।
आजभोलि
तपाईहरुको स्वाभिमान
ठाउँ-ठाउँमा
चर्किन थालेको छ ।
अभिमानको चापले हो कि ?

कविताको सम्झनामा घाउ बल्झेछ

डा. मधुकृष्ण श्रेष्ठ ' माधुर्य'


सौन्दर्य की प्रतिमा !
कविता !
मेरी प्रेयसी !
तिमी त मभित्रै छ्यौ
त्यसैले त खोज्ने गर्दिनँ
कतै शब्दहरूमा

मुटुभित्रै छ्यौ
त्यसैले त देख्दिनँ
कतै छन्दहरूमा
श्वासप्रश्वासमै छ्यौ
त्यसैले त भेट्दिनँ
कतै भावहरूमा

आउन त आयौ
गहिराइहरूमा
आयौ तिमी किन ?
मान्छे झैँ अनायास
स्वार्थ लिएर आयौ ?
भोगाइहरूसँगै
एकान्त समयमा
आफूलाई पस्कन आयौ
कल्पनाको सौन्दर्य बनेर
जीवनको पर्याय बनेर
त्यसैले त माया गर्छु चुम्बन बर्साउछु
रातको तारा गन्दै अङ्कमालमा ममता दर्साउछु

एकैछिन छुट्टीनु पर्दा तिमीसँग आज
मध्याहृनको दिन पनि लाग्न थाल्यो साँझ
सम्झनाको घाउ मुटुमा चसक्क बल्झेछ
सपनीको त्यान्द्रोमा समेत पिरती अल्झेछ

प्रेयसी !
कविता !
मान्छे तिमीजस्तो सुन्दर छैन
खुशी, सुखी वा आनन्दित छैन
मान्छेको जीवनमा सदाबहार वसन्त बाँच्न सक्तैन
चाहेर पनि सुख बाँच्न सक्तैन
सुख त सन्तोषमा बाँच्छ
कल्पनामा बाँच्छ
रहरमा बाँच्छ
सम्झौतामा बाँच्छ

बरु केही अभावहरूका बेलाहरूमा
अन्तिम घडीका मेलाहरूमा
मान्छेको सहारा, दुःख हुन सक्छ
मान्छेको आफ्नो भन्नु पीडा हुन सक्छ
पीडाको मात लागेर ढुनमुनिएको बेला
सङ्कीर्ण ब्रहृमाण्डमा कवि नअटेको बेला
तिम्रो स्वर्गीय पुष्पमार्गमा भौँतारिन देऊ
कोमल मुटुभित्र तिम्रो एउटै सहारा देऊ
म तिम्रो लागि तिमीसँगै बाँच्न चाहन्छु
तिम्रै बोली, मायाप्रीति साँच्न चाहन्छु !

Thursday, October 11, 2007

जङ्गबहादुर र समय-४


रोशन सुवेदी

जङ्गबहादुर
बस्तीमा आगो फ्याकिदिन्छ र
चिसोको उद्घोषण गर्छ
जङ्गबहादुर
हिउँ फ्याकिदिन्छ र
तातोको डंका पिट्छ ।


भोक फ्याँकिदिन्छ र
भात खान अनुरोध गर्छ
छानो भत्काउँछ र
बास बस्न बिन्ति गर्छ


भुस्याहा कुकुर मारेझैँ
मान्छे भकाभकी लाशमा बेरिदा
जङ्गबहादुरहरू कुनै ककटेल पार्टीमा
भावबिहृवल आँशुको अभिनय गर्छ
र संवेदनाका कोरा शब्द उमार्छ


जङ्गबहादुर
निलर्ज्ज दाँत देखाएर
गोहीका आँशु झार्छ
अधिकारका कुरा गर्छ
मानवताका डिङ्ग हाँक्छ
अनि आश्वासनको पोको बोकाएर
आफ्नो बाटो लाग्छ


जङ्गबहादुरलाई मीठो बोल्न आउँछ
जङ्गबहादरुलाई समय खल्ल्तीमा राख्न आउँछ
त्यसैले जङ्गबहादुर एउटा बोल्छ
अनि अर्कै काम गर्छ संधैझैँ ।

-

रचना समय - २०५८ बि.स.
साहित्य डट कम -साहित्यिक वेभ पत्रिका, अगष्ट २००७ मा प्रकाशित
कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय, मोबाः ९८४१ २९१७७४

एउटा अर्को घाम


मिजास तेम्वे

शिसीरे जाडो,
क्रमश चिसो साँझको आक्रमण
त्यो युद्दबन्दी जस्लाई समयको
घृणा र भर्सनाले समातेका छन् ।
एउटा सुनसान कक्षमा एक्लोपन् संग निसासिरहेको छ ।
एउटा सानो चट्टाने ठाँऊ पएर पनि
उस्को त्यो बिश्वाशमा जादुमय आकर्षा छ,
एउटा अर्को बिराट आशाको घाम
फेरि एउटा असत्य बिहानी
लाहुरे प्रेमी भएर तल- तल
अझ तल..........
गिरिरहेको छ ।
अनिष्टको पुनराबृती हुनु हुन्न फेरि,
अब जरै देखि उखेल्नु पर्छ
ती बरफ झैं जमेका भित्ताहरुलाई
र...
मौनतालाई
अब तोड्नु पर्छ ती हातहरुलाई
जस्ले तिम्रा हरेक बिहानीहरुको हत्या गरेका छन् ।

Tuesday, October 9, 2007

जीवन


टंक सम्वाहाम्फे

कुल्चन नपाउदै
समाधानका गोरेटाहरु
विनासित्ती
पछ्याएको पछ्याएकै गर्छन्
हुलका हुल समस्याहरुले
कहिले भाग्न खोज्छु
छक्याउन सकिन्छ कि भनेर
कहिले भिड्न खोज्छु
जित्न सकिन्छ कि भनेर
तर सोचे जस्तै
काहा पराजित गर्न सकिंदो रहेछ र समस्यालाई ?
वरु उल्टै हात लागेका
सफलताहरु
अपहरीत गरी दिन्छन्
त्यहि अपहरणकारी समस्याहरुको जमातले
र एकाएक भत्काउन थाल्छन्
मेरा सुरक्षाका पर्खालहरु
मानौ आजभोलि
मेरो जीवन
समस्याको घनाघोर जंगलमा
फसेको छ
किनकी हिड्दा
पाईलै पिच्छे ठाकिन थालेकाछन्
समस्याका ढुङ्गाहरु
र पाईलै पिच्छे विज्न थालेकाछन्
समस्याका काडाहरु
अनि उकाली चढेका
मेरा लक्ष्यहरु
समस्याको वोझले
थिचिएर हो वा
मेरै असफलताले हो ?
माथिबाट तल तल
झरी रहन्छन् वारम्वार
र्झनबाट थाम्न खोज्छु
तर के लाग्दो रहेछ र ?
म एक्लो हुट्टीटिउले
सागर थाम्न खोज्दा
तलबाट झन
व्यवधानको आगो
पोल्न थाले पछि
समस्याकुण्डमा
सपनाहरु
आफ्नै आखा अगाडी
जलाउनु पर्छ भाग्यलाई दोस्दै
मलाई लाग्छ जीवन
यसरी नै वाञ्चित
भएको हुनु पर्छ
अनेकौ उपायहरुवाट
वेजोडले चल्ने समस्याको हुरी
छल्न नसक्दा
गन्तव्यका पुलहरु
भत्कि नै त हाल्छन्
मनमा बिस्मत लिएर के गर्नु ?
आखिर हुने कुरा भै हाल्छ
तै पनि जीउनुको काहाली लाग्दो भीरमा
विकल्पहरु खोज्दै
सफलताका सगरमाथाहरु
चढ्न खोज्नु
हरेक जिन्दगीको इराधा
तर काहा छन् र ?
सोचे जस्तै भने जस्तै सजिला
बाटाहरु / गोरेटाहरु
वरु परिस्थितीको
विषम आधीले
यात्रालाई अनेकौ मोडमा मोडिदिन्छ
अनि असफलताको तुवालोले
नदेखिने गरी छोपीदिन्छ
रोजेका स्पष्ट
बाटाहरु / गोरेटाहरु
र अन्योलमा पर्नु पर्छ कहिले कहि
तर पनि विश्वासको
दरिलो वैशाखी टेकेर
उग्लिरहन्छु निरन्तर निरन्तर
माथि माथि
जीन्दगीको
सैलुङ्गे लेकतिर
पसीना पुछ्दै
हर दिन
हर रात
त्यहि सफलताहरुको खातिर
यी यसरी लडिरहेछु
जीन्दगीको
महायुद्घ
त्यहि सफलताहरुको खातिर

जङ्गबहादुर र समय-१


रोशन सुवेदी


जङ्गबहादुर
र समय
सँगसँगै
वर-पर
लठ्ठीएका छन्
अगिपछि
पछि-अगि
हिड्छन् -लुखुर लुखुर

कहिले समय
जङ्गबहादुर पछारेर
बाटो काट्छ

कहिले जङ्गबहादुर
समय पछारेर
अगाडि बढ्छ

भन्छन् मान्छे हर्रुर्
इतिहासका पानाहरूमा
जङ्गबहादुर मरिसकेको छ
षडयन्त्रको माला चुँडिएर
झरिसकेको छ
समयले किचिसकेको थोत्रो किताब
धुलोले पुरिसकेका ढलौटका खिया परेका आकृतिहरू
अब ऊ छैन्
भ्रम शंका पनि ऊ सँगै मरिसकेका छन्

तर अझै कति मान्छेहरू
देख्यौं भन्छन्-
जङ्गबहादुरहरू हिडिरहेको
जङ्गबहादुरहरू उठिरहेको
जङ्गबहादुरहरू चुरीफुरी गरिरहेको ।
-
साभार - राजधानी दैनिक, २०५८
कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय
------------------------------------------------------------------------------------------------------------
नोट - कविता कुसुम व्लगसाइटमा पाठकहरुको लागि जङ्गबहादुर र समय शिर्षक कविता श्रृखंलाबद्ध कवि रोशन सुवेदीका कविताहरू प्रकाशित हुदै आएकाछन् र प्रकाशित हुदै जानेछन - सम्पादक

Monday, October 8, 2007

टिकेहरुलाई टिकाको साईत

रवि रिमाल


ज्योतिस वन्धुहरु
देशमा लोकतन्त्र पनि पुरानो भई सक्यो ।
गणतन्त्रको लहर चलिसक्यो
टिकाको साईत पनि हेर्न छाडिदिनुस्
सदियौ पुरानो परम्परा पनि छाडिदिनोस्
गिरिजा बाबुहरुलाई सोध्नोस् ।
माधव जि हरुसंग राय लिनोस् ।
प्रचण्ड जि हरुसंग समय लिनोस् ।
तब साईत निकाल्नोस् ।

आशिष पनि गणतान्त्रिकरण गर्नोस् ।
ज्योतिस वन्धुहरु
आयु द्रोण सुते .........................।
जयन्ती मंगलाकाली ..................।
पुराना देवि देवता
अनि
राजा महाराजाको बखान बन्द गर्नुस् ।
नया गणतान्त्रिक नेताहरुको जय जय कार गर्नुस् ।
यसमा पनि नया पन थप्नुस् ।
तपाईको पुरानो घडि र पलाको हिसाव किताव
तौर तरिका सब छाड्नुस् ।
सारा विश्व नै तारिख मा जागि सक्यो ।
अब नया नेपाल लाई तिथि र मितिमा फेरी नजाक्नुस् ।
ज्योतिस वन्धुहरु
चाडै साईत निकाल्नोस्

तपाई अलमल्ल मा पर्नु भो रनभुल्लमा पर्नु भो ।
तपाई ढुक्क हुनुहोस् ।
तपाई आफैले आफैलाई गर्व गर्नुस् ।
तपाई नेताको नाडी छाम्न र चिना हेर्न छाडिदिनोस् ।
दौरा सुरुवाल र कोट अनि टोपीको
आवस्यकता छ भनेर भन्न पनि छाडिदिनोस् ।
किनकी सबै विदेशीको प्रवेश भई सकेको छ ।
यो दशैमा टाई र सुट टल्कि सकेको छ ।
तपाईले निकालेको घटस्थापनाको र्साईतमा
प्रचण्डलाई निम्तो पठाउनुस्
फुलपातीको साईतमा
माधव जि लाई निम्तो पठाउनुस्
बाकी रह्यो टिकाको साईत जुनमा
गिरिजालाई नै निम्तो पठाउनुस् ।
ज्योतिस वन्धुहरु

यदि तपाईले यसो गर्नु भएन भने ।
तपाई पनि निर्वासन मा जानु पर्ने हुन्छ ।
होस पुर्याउनुस ज्योतिस वन्धुहरु
जनतालाई जे को भए पनि साइत चाडै चाहिएको छ ।
संविधान सभाको होस वा दशैको टिकाको
अह
तपाई यहा बसेर निकाल्न सक्नुहुन्न
सारा देश वासीलाई थाहा छ ।
मातृभूमि प्यारो हुनेहरुलाई थाहा छ
त्यसैले ज्योतिस वन्धुहरु
छिमेकी ज्योतिस हरु बोलाएर राय सल्लाह लिनुस्
फेरी नडराउनुस् यो अहिले सम्म चलेको रित हो ।
भरखरै छलफल भएको कुरा हो निचोड हो ।
जे गर्नुस चाडै चाडै गर्नुस् ।
हामी सबै टिकेहरुलाई टिकाको साईत चाहिएको छ ।
ज्योतिस वन्धुहरु चाडै निकाल्नुस्

Saturday, October 6, 2007

कालो पट्टी


रंगलाल रिमाल 'विजय'

त्यसवेला दिवा संसारमा
कालो पर्दा लागेको मात्र हुन्थ्यो
चेतनसिल आत्माहरुले हल्का आरामको
महसुस गरिरहेका हुन्थे
तब सलबलाउथे
आत्माहरुको
कण्ठ निचोर्ने पंजाहरु
दृष्टि धुमिल्याउने विशाक्त थोपाहरु ।


ज्यादै अध्यारोले ढाक्थ्यो त्यसबेला
न,कतै अन्धकारको पर्दा च्यातेर
सुनौलो बिहान चियाउन दिईन्थ्यो
न,त आफ्नै पखेरु ताराहरुको
नजर चुम्न
अस्थिरपञ्जरहरु ब्याकुलताको भयावह
सागरमा तैरिरहेका हुन्थे
मांसापेशीको एउटा अंश खोज्न
अस्थिरपञ्जरहरु यातनाको ज्वालामा
दन्किरहेका हुन्थे
आफ्नो गुमेको संसार
चियाउने ज्योती खोज्न
तर
मांसापेशी सगै उसको
संसार चियाउने ज्योती पनि
ङ्खयात्त कुहिएर झरिसकेको छ
औंसा परिसकेको छ ।


एकहुल अद्बैसेंहरुको हत्केलाहरुमा
कालोपट्टीले ज्योतीपुञ्जका
नानीहरुमा कस्सिईने
संस्कृतिको विकास भयो
संस्कृति आफैमा जडता पनि थिएन
तर कालोपट्टहिरु
संस्कृतिमा खरानी घसेर
घुस्न थाले
मांसापेशीका ज्योतीपुञ्जहरुमा
कालापट्टहिरुका कायापलट
साम्राज्यको ज्वार चल्यो
अन्ततः सुन्दर संसारको परिकल्पनामा
उत्रेको जीवात्मारुपी मांसापेशीहरुको
अस्तित्व,
अस्थिरपञ्जरमा परिणत भईछाड्यो
कालोपट्टहिरुको संस्कृति
भयावह भएर प्रदुर्भाव भईछाड्यो ।


अस्थिरपञ्जरहरु व्याकुल सागरको
किनारमा आफ्नो गुमेको
मांसापेशी र ज्योती र्फकने आशामा
आशावान रहिरहे
मुक्त संसारको क्षितिज चियाईरहे
तर असम्भव थियो
एकता विनाको त्यो नजर
आफैमा निर्रथक थियो
उर्जा विहिन थियो ।


त्यसैले त मांसापेशीहरुका
अंश, अंशका झुण्डहरु
व्याकुल सागरको उपल्लो छेउमा
दमन विरुद्धको प्रतिरोधमा
रेफिरी हुन तयार पारिदियो
कालो पट्टीका ताण्डव नृत्यहरुले ।
कालो, निष्पट्ट र भयावह व्याकुल सागर
एकाएक प्रतिरोध सागरमा
परिणत हुदैछ
पल्लो छेउको एकान्त कुनावाट
कालो पट्टीका विरुद्ध आवाजहरु
बुलन्द हुदैछन
होसियार कालोपट्टहिरु
एकदिन तिम्रो पराजय अवश्य छ
एकदिन निर्दोष मुक्त कण्ठ र ज्योतीहरुले
संसारमा नौलो गीत गाउनेछन
सुनौलो किरण र्छर्नेछन् ।


त्यो दिन अवश्य आउनेछ
मुक्त कण्ठले धित मारेर जनमुक्तिका
गीतहरु गुन्जाईरहनेछन्
कविताहरु वाचिरहनेछन्
कथाहरु भट्टयाईरहनेछन्
ज्योतीहरुले आफ्नो तेज
धर्तीभरि छरपट्ट पार्नेछन्
छरपट्ट सुनौला किरण विचमा
मुक्त कण्ठवाट प्रष्फुटित
जनमुक्तिका गीतसंगै
एउटी आमाको आसुमा हासो थपिनेछ
एउटी विधुवाको उदास मुहारमा
निखार आउनेछ
खच्चड झै भारी बोकेर थकित भरियाका
चरचरी फुटेका पैतालामा
मलम लाग्नेछ
जुन दिन कालोपट्टहिरुलाई
सेतो कात्रोमा बेरेर घाटहरुमा जलाईनेछ
त्यो दिन
विश्व र्सवहारा वर्गको विजयत्सवको
दिन हुनेछ
अवश्य हुनेछ ।

दरिद्रहरु

रुसाहाङ्ग चेम्जोङ्ग

कलम रोएको बेला
अनगिन्ती आँशुका थोपाहरु
शागर बनेर उर्लिन्छ
आँखाबाट खसेको मोतीमूल्य
मूल्यवान गेडीहरु
त्यसबेला तिम्रो हाँसोको खित्काले
मेरो मोती मूल्यवान आँशुहरु
छिनमै अमूल्यवान बन्दछ
म दाँया र्फकन्छु बाँया र्फकन्छु
तल माथि चारैतिर हेर्छु
आकाशमा लहरै चाँद थुगाहरु
मेरो दृष्यलोकन गर्छन्
म तिर निहुरेर जिस्काउने गर्छन्
म छक्क पर्दै सोध्छु पालममा
हाक्पारेमा, मून्धुममा
किन जिस्काउछौ मलाई ?
के म तिमीहरुको नाट्य पर्दामा छु ?
के म हाँस्य पाठक हुँ ?
अहँ ! होइन
तिनीहरु मेरो भावना संग जिस्कीन्छन्
मेरो भौतीक दरीद्र देखेर हाँस्छन्
छि ! तिमीहरुको बौद्धिक दरीद्रता देखेर
म पनि हाँस्छु
पेट थिचेर
मुख च्यातेर
राल सिगान भईन्जेल हाँस्छु
जबसम्म तिमीहरुको बौद्धिक दरि द्रता कायम रहनेछ
तब सम्म हाँस्छु
जब सम्म तिमीहरुको भावना परिवर्तन हुदैन
तब सम्म हाँस्छु
जब सम्म तिमीहरुको बिचार तिखारीदैन
तब सम्म म मात्र होईन यहाँ म जस्ता भावनाका महाजनहरु हास्छन्
इ यसरी
हा..! हा... ! .... हा ! .......

Thursday, October 4, 2007

तिमी मात्र किन हाँस्छौ जङ्गबहादुर?


टंक वनेम

इतिहासको गर्भबाट ब्यूझेर
बस्न्याती जुँगामा ताउ लाउँदै
धित मरुन्जेल
फेरि एकपल्ट
जङ्गबहादुरको मृतात्मा हाँस्यो ।


धरोधर्म तिम्रो म्यानभित्रको तरवारमा
खिया लागेको छैन रहेछ
तिम्रो घोडाका टापहरु
अझ टड्कारा भएका छन
तिम्रो कुन मन्त्र शक्तिले हो
तलेजु भवानीको मन्दिर वरिपरि
विधवा आइमाइ
वर्तमान सराप्दै हिड्छे
भन्ज्याङ्ग भित्र घरीघरी
सपनाको सौदा गर्न
शासन र सत्ताको तन्ना फेरिन्छ ।


हिउँमा कुल्चेको डोबजस्तो
सपना त सधै सपना मात्र रहन्छ
हाँस्ने पालो त हामी सबैको हो
तर तर
सधै-सधै जङ्गबहादुर
तिमी मात्र किन हाँस्छौ ह ?
तिमी मात्र किन हाँस्छौ ??
-

हाल बेलायत ।

जङ्ग बहादुर र समय-५


रोशन सुवेदी
-
-
जङ्गबहादुर बन्नेको जोड
जङ्गबहादुर अनुहार ओडनेको आतुरता
फैलिरहेछ निरन्तर ।

जनताको लागि
जङ्गबहादुर कोमल नौनी हुन्छन्
फूल बन्छन्
मनमा फुल्न खोज्छन्
र जङ्गबहादुरहरू
भ्रमको सगरमाथा ठड्याएर
सियो बनेर पस्छन्
अनि- अजङ्ग हात्ती भएर निस्कन्छन्

जङ्गबहादुर
जन्मन्छन्
र फैलिन्छन् यत्रतत्र
समयको लठ्ठी टेकेर
हाम्रै अन्धो सहमती लिएर

युगौदेखि मुखुण्डो भिरेर
जङ्गबहादुरहरू
हामीलाई हेरेर हाँसिरहेछन्
मान्छेहरूलाई तर्साइरहेछन्
जङ्गबहादुरका छायाले पछ्याईरहेछ
निरन्तर जीवनभरी
जूका टाँसिएझैँ
जीवनका आगनहरूमा ।

जङ्गबहादुर बन्नेको जोड
जङ्गबहादुर अनुहार ओडनेको आतुरता
फैलिरहेछ निरन्तर ।
-
रचना समय - २०५८
कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय, मोबाः ९८४१ २९१७७४

Wednesday, October 3, 2007

अन्तिम रात


किशोर पहाडी


ठोकेर
ड्याम् ड्याम् गोली ठोकेर
मेरा बाबालाई
चितुवाको छाला झैँ टाटेपाटे
लुगा लगाएकाहरूले
गोली ठोकेर मारिदिए-
ड्याम् ड्याम्... ...।

हानेर
ठ्याम् ठ्याम् लाठीले हानेर
मेरी आमालाई
हरियो वर्दी लगाएका दाइदिदीले
पिटीपिटी मारिदिए-
ठ्याम् ठ्याम्... ...।

अब म एक्ली बाँकी छु-
गाई चराउँछु,
बाख्रा चराउँछु,
पाठशाला जान्छु,
कसैको बिगार गर्दिनँ;
मलाई नमार्न भनिदिनोस् उनीहरूलाई ।

मलाई नमार्न भनिदिनोस् उनीहरूलाई
म यो देशको भविष्यको कर्णधार,
मलाई नमार्न भनिदिनोस् उनीहरूलाई
म आफै आफ्नो आँसुको धार

अब खाल्टा परेका बाटाहरू
मैले सम्याउनु पर्छ,
अब फाट्न थालेका धाँजहरू
मैले सध्याउनु पर्छ
मैले आफ्ना ससाना चलायमान पैतलाहरू उचाली
कठोर पर्वतहरू चढ्नु पर्छ,
मैले आफ्ना ससाना अबोध औँलाहरू घिसारी
देशको नयाँ नक्शा कोर्नुपर्छ

रातको सन्नाटामा
अहिले म कुचुक्क परेर
गोठमा आफ्नी गाईसँगै
थकाई मार्दैछु हजुर
मलाई नमार्न भनिदिनोस् उनीहरूलाई ।

चित्र

दामोदर पुडासैनी "किशोर"


चित्रहरुको माझमा उभिएपछि
एकाएक ध्यानमग्न बन्न थालें म
पटापट सत्यका कुराहरु बक्नथाले चित्रहरु

उबडखाबड उम्रियो
स्निग्ध र सपाट फाँट उम्रियो
चित्र नियाल्दैं गएपछि
खुल्न थाले पीडाका ककराहरुबाट
फ्रेमका खिरिला पहाडहरु

चित्र भयो र पो
अमर हुन पायो मायाले
चित्र नभएको दिन
कुनै अभिलेख रहनेछैन मायाको
र, मेटिनेछन् हिसाब किताव र बहिखाताहरु
क्रमशः ब्रम्हाण्डवाट सधैका लागि

प्रिय, तिमी र म
बिदा भयौं भने यो संसारबाट
हाम्रो गाढा मायालाई
बचाइरहनेछ अनन्तसम्म
केबल हाम्रो मायाले चित्रले

चित्र छ र पो शुन्य छ
चित्र छ र पो संसार छ
चित्र नभए कहाँ हुन्थ्यो आकार
चित्र नभए कहाँ खुल्थ्यो जीवनमा
इन्द्रेणीरंग
जिन्दगीलाई नौलो चित्रमा
ढाल्न सक्ने हो भने
सम्झ
सिर्जना गर्न सकिनेछ
एउटा विशाल ब्रहमाण्ड

चित्र नभए
हरेक मान्छेको धड्कनमा
कहाँ बाँच्थिन् र मोनालिसा
कहाँ लेखिन्थ्यो र अमरकथा लैला मजुनको
प्रिय, आखिर बाँचेको छ हाम्रो प्रेम पनि
तिम्रो मेरो चित्रका
अन्तर आकारहरुमा

चित्रहरुका माझमा
क्रमशः लोलाउँन थाल्दोरहेछ मान्छे
र, खुरुखुरु झुल्कन थाल्ने रहेछन्
शाश्वतका घाम र जूनहरु

Sunday, September 30, 2007

जङ्गबहादुर र समय-३


रोशन सुवेदी


समय
जङ्गबहादुर

सेकेण्ड-
जङ्गबहादुर सेकेण्ड सुइ चल्छ
मिनेट-
जङ्गबहादुर मिनेट सुइ चल्छ
घण्टा, दिन, रात-
जङ्गबहादुर... सम्पूर्ण जङ्गबहादुर...

जबसम्म जङ्गबहादुर समय चलिरहन्छ
तबसम्म मान्छे किचिईरहन्छ
मान्छेका आँशु
मान्छेको बेदना
मान्छेको सुख-दुख
मान्छेको चाहाना
मान्छेका इच्छाहरू
सबै सबै नै पग्लिएर बगिदिन्छन्
जङ्गबहादुरहरू समयलाई रक्सि बनाएर
तनतनी पिईदिन्छन्
बलत्कार गरिदिन्छन् न्यायका आवाजहरू

जङ्गबहादुरको बर्कोले छोपिएर
खोई कहिले उठने हो समय
बाटोको खोजीमा यात्रीहरू
कहिले गन्तव्य बनाउने हुन्

जङ्गबहादुर समय मुठ्ठीमा कसेर
खितखिताइ रहेछ -

समय
जङ्गबहादुर ।
-
रचना समय - २०५८
कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४६०१९४३ बास, ४४७०९३३ कार्यालय

समयको समय


विजय सुब्बा

यो हल्लाको 'समय' हो
बोल्न हुने पनि बोले हुन्छ
बोल्न नहुने पनि बोले हुन्छ
समय कहा इच्छ्याइए जस्तो
टिकटिक झुकेर
ङीच्चङीच्च हाजिर हुन्छ र
अब 'समय' लाई चार किल्ला ठोकेर
नजरबन्द गरिदेऔं
'समय’ लाई बेलैमा
नउल्र्टाई कहा हुन्छ र १
यो समयको 'समय’ले
समयलाई मन परि हल्लाएर
चाल्नोमा बुङ्बुङ्ती चाल्न सक्छ
सहिदहरुलाई धितो राखेर
वेश्या सिरानी हाल्न सक्छ
पटक- पटक र्स्पर्शको तातो भुङ्ग्रोमा
विश्वासको त्यान्द्रो पनि बाल्न सक्छ
कसको के भरोसा र अब
'समय’ ले भोकहरुलाई
भाषण खुवाएर पनि पाल्न सक्छ ।
समय सोच्नै नसकिने गरी
अराजक हून्छ, अवैध पनि हुने गर्छ
दासहरुको सहीछापबाट
'समय’ले दमनको लालपुर्जा बाड्ने गर्छ
तमसुक च्यातेर ढुक्क
बिचरा गुनिरामहरुलाई के थाहा
'समय’ले बारका चोयाहरु खोलेर
कोठेबारीमै घोडाहरु छाड्ने गर्छ
गुनीरामहरुकै लास बाध्ने गर्छ
अनि के टुङ्गो र त्यो हल्लाबीच
'समय’ले खुसी पर्दा आफूलाई
बिनाहिउद पनि छाडा छाड्ने गर्छ

रातप्रति केही शब्द

प्रमोद प्रधान


रात --
गोधुलिसँग-सँगै
खेल्दै समयको चिप्लेटी
आइरहेछ हाम्रै घर-आँगनमा !
लौ, तयारी गर
ए, गृहस्थीहरु हो !
कहाँ छन् पानसका सलेताहरु !
ए, दिदी-बहिनीहरु हो !
अहिले नै खोजिराख
कहाँ छन् चकमकका टुक्राहरु
र, सफा गरिराख टुकीका फोहरहरु !
भाइ हो !
तिमीहरु जाऊ-
मैनबत्ती र सलाईका काँटीहरु ल्याएर
ठीक पारिराख !
किनकि,
रात-
गोधुलिसँगसँगै
खेल्दै समयको चिप्लेटी
आइरहेछ हाम्रै घर-आँगनमा !

Thursday, September 27, 2007

हत्केला र भाग्यहरू

नरेश शाक्य


हत्केलामा कोरेका भाग्यरेखाहरू चिर्दै
आफ्नै हातले
कर्दले रोपेर
रगताम्य पार्दै
अब हामी आफ्नो भाग्यरेखाको निर्माण
आफै गर्छौ,
अब हामी आफ्नो भाग्यको निर्माण
आफै गर्छौ ।

कसले लेखिदियो प्रारब्धमा हाम्रो -
कुन विधिको विधानले -
कि हामी शासित, दासपुत्र मात्र भएर
जन्मन योग्य छौ
स्वीकार्य छैन हामीलाई दासत्वको यो बन्धन,
स्वीकार्य छैन हामीलाई धर्मको, रुढिको
यो आदेश/शासन
जसले महान् वैज्ञानिक ग्यालिलियोको
दुःखद अवसान गरायो
जसले सत्यको, तथ्यको अन्वेषण गर्नुबाट
हामीलाई रोक लगाउँछ भीरु बनाउँदै ।

कविहरू !
अब कवितालाई नयाँ रुपमा स्थापित गर
चिन्तकहरू, दार्शनिकहरू !
अव चिन्तनको नयाँ धरातललाई स्पर्श गर
प्रसार गर,
इतिहासका पानाहरू
धर्मग्रन्थ, वेद र पुराणहरू
विकृतिले परिपूर्ण छन्,
इतिहासलाई त्यस दुर्गन्धबाट
दुर्गन्धको पीडाबाट मुक्त गर ।

तोडिदेऊ सदियौँदेखि मस्तिष्कको ढोकामा
लागेका ताल्चाहरू
विचारमा लागेका अङ्कुशेहरू
बन्धनहरू फुकाल,
जसले मुठ्ठीभरका मानिसलाई मात्र
विशिष्ट श्रेणी
शासक-श्रेणी प्रदान गर्दछ ।

ती यन्त्रहरू
यन्त्रका ती पुर्जाहरू
जो निष्कर्म बनेका छन्,
खिया लागेर
जसबाट उर्वर केही उत्पादन हुँदैन
जसले अवरुद्ध गर्छ चेतनाको नयाँ प्रवाहलाई
विपुल प्रवाहलाई
प्रगति, परिवर्तनको सतत र उद्दाम गतिलाई

जसले नकार गर्दछ
अपरिमित समभावनाको अस्तित्वलाई,
फ्याँकिदेऊ त्यो मृत अस्त्रलाई
अस्त्रको त्यो पाषाण भण्डारलाई
जसले मनुष्यलाई
नयाँ प्रतिस्थापित गर्दैन
जसले लाखौलाख जीवनका समूल विनष्टि सिवाय
केही दिन सक्दैन ।

पृथ्वीको सभ्यतालाई नष्ट हुनुबाट बचाऊ
सागरको वातावरणलाई दूषित हुनुबाट बचाऊ
विध्वंसक आणविक प्रयोगहरूबाट,
स्वस्थ्य चिन्तनको हावालाई बग्न देऊ
पुनः एकचोटि
एकपटक पुनः गुञ्जी उठ्नू शून्यलाई चिर्दै
भोल्गाको तटदेखि क्यारिवियनको टापुसम्म
इतिहास थर्काउने युगान्तकारी आवाज,
शङ्खघोष गर्दै इन्कलाबको
प्रतिस्थापन गर्दै नयाँ मनुष्यलाई ।

रूखको घोषणा

आभास


चिलाउनेको रूखले घोषणा गर्‍यो
अब सबै रूख चिलाउने बन्नु पर्छ
र फैलाउनु पर्छ आफ्नो अस्तित्व
अर्थात्
हामी सबै चिलाउने बन्नु पर्छ
श्रीखण्डको रूखले इन्कार गर्‍यो
र भन्यो-
कृपया !
म त आफू
काटिएर पनि
ताछिएर पनि
चन्दन बन्नु पर्छ
मान्छेको निधारमा दलिनु पर्छ
शीतलता प्रदान गर्नु पर्छ मैले
म चिलाउने बन्ने छैन
म चिलाउने बन्ने छैन ।

Monday, September 24, 2007

खबरदार शब्दहरु !


रोशन सुवेदी

खबरदार शब्दहरु !
खबरदार शब्दहरु !
समयको यो क्षणमा
अझै सजग भएर बोल्नुपर्छ
खबरदारी गर्दै औलो ठड्याउनुपर्छ

अझैं अध्यारो बिरुद्ध शंखघोष गर्दै
सत्तालिप्सामा र भागबण्डामा टाँसिएको
लोभी फ्याउरे अनुहारहरुको मुखेण्डो उतार्दै
उज्यालोको समय यात्रामा
मुठ्ठी कसेर हिड्नुपर्छ

ती बोली नहुनेहरु
अझै शब्दबिहिन छन्
ती जीवन नभएकाहरु
अझै लाशतुल्य छन्
ती बिकट गाउँहरु, ती बस्ती र गल्लीहरु
अझैं चुकसरी अध्यारोमै छन्
युगौदेखि किचिएका अनुहारहरु
पिल्सिएकै छन् किचिएकै छन्

ती स्वतन्त्रताका कोरा भाषणहरु
नारी मूक्तिका उद्घोषहरु
छुवाछुत बिरुद्धका शब्दघोषहरु
कोठे मूक्तिका घोषणाहरु
बाँच्न पाउने अधिकारहरु
अझैं मात्र बोलीमा अड्किएका छन्
कोरा अक्षरमा कैद भएका छन्

होशियार शब्दहरु !
देश लुट्ने भोका ब्वासाहरु
जनताको रगत पसिना शोषण गर्ने जुकाहरु
अधिकार र न्यायको हत्या गर्ने अपराधीहरु
अझैं छाती फुलाएर हिडिरहेछन्
भ्रष्टचारीहरु, देश खोक्रो बनाउनेहरु
अझै जनताका प्रतिनिधि भएको अभिनय गरिरहेछन्
अनि भ्रष्टचारमुक्त समाजको व्याख्यान दिदैछन्
अधिनायकवादका पात्रहरु लोकतन्त्रको मोडल बताउँदैछन्
जनताको छातीमा गोलीका पर्रा बर्षाउने अनुहारहरु
कुर्सीमा गजधम्म बसेर बोलीमा लोली मिलाउँदै छन्
आफु चोखिदै अरुलाई नै औंलो देखाउँदैछन्
अरु धेरै अनुहारहरु
अध्यारोका चमेराहरु ऊज्यालोका महिमागान गाउँदैछन्

खबरदार शब्दहरु !
फेरीपनि षणयन्त्रका गोटीहरु चल्न सक्छन्
अँध्यारा खोपीभित्र खेल हुन सक्छन्
जनतालाई पुन दाश बनाउन
ती काला अनुहार जुर्मुराउन सक्छन्

खबरदार शब्दहरु !
परिबर्तनको नाममा खेती गर्नेहरु
अझै भ्रममा बाँधेर शासन गर्न खोज्लान्
अझै शब्दजाल बनाएर मोज गर्न खोज्लान्
आँखामा छारो हालेर गीताका पाठ पढाउन खोज्लान् ।

खबरदार शब्दहरु !
बलात्कारी भाग्न नपाउन्
भ्रष्टाचारी उम्किन नपाउन्
हत्याराहरु लुक्न नपाउन्
जनताका रगतमा होली खेल्नेहरु
दाशताका पहाड थोपर्नेहरु छुट्न नपाउन्

होशियार शब्दहरु !
मान्छे अझैं मूक्ति भएको छैन्
खबरदार शब्दहरु !
मान्छे अर्झै अधिकार सम्पन्न भएका छैन् ।
शब्दहरु ! समयको यो क्षणमा
अझै सजग भएर बोल्नुपर्छ
खबरदारी गर्दै औलो ठड्याउनुपर्छ ।

-

कोटेश्वर, काठमाण्डू
सर्म्पर्क ४४६०१९४३ बास, ४४७०९३३ कार्यालय

email-subedi.roshan@gmail.com

जीवन

पुष्प मूनंकर्मि


मेरो जन्म पछि
दुध पैचों मागेर टारेकी थिइन रे मेरी आमाले !
बक्षबाट दुध ननिस्केपछि
मेरो बाबाले लिटो ल्याएको थियो रे उधारोमा !
यसरी चल्दै थियो मेरो घर
हजुर बुबाहरुको पालादेखि !
औंठा छाप लाएर मेरो बाबाले
स्कूल सम्म त पुयाए मलाई
तर निशुल्कको नाममा खुलेका विद्यालयमा
भर्ना शुल्क, परिक्षा शुल्क तिर्न नसक्दा
हैरानी खेपेर भएपनि
शिक्षकको निगाहले फेरि फेरि पढ्न पाए ।
जव कलेज प्रवेश गर्न गए
मेरा हात धेरैले तानेर लान खोजे गेटैबाट
र बेर्न खोजे तिनीहरुले रंगाएको कपडाले
जसलाई मात्र देखाउनु छ
दुनियालाई आङ्खनोमा संख्या बढेको
र मलाई प्रयोग गर्न थाले
भाषणमा, सडकमा, तोड्फोडमा,
कालो मोसो दल्नमा, र्याली निकाल्नमा
मलाई थुनेपछि चल्न थाल्यो बहस संसदमा
तर चलेन बहस त्यहा
उधारोमा काटिएका बिलका बारेमा
हरेक साझ
ती बिलले सताउछन् साह्रै नै मलाई
तर बिललाई
फरफराएको कपडाले देख्न चाहदैनन्
केवल छेकेकाछन् मेरा बाटाहरु
आज कसैले पनि पत्याउदैनन्
यो मुहारलाई
तर मलाई
मात्र एउटा अन्तिम उधारो बिल जसरी भएपनि काट्नुछ
सदा सदाको लागि ।
-
१३ अगष्ट २००७, दोहा,कटार

Sunday, September 23, 2007

परिचय

आर.एम. डंगोल

एउटा चट्टान
अथवा हीराको टुक्रा
चट्टान अथवा हीराको टुक्राभन्दा
अझै परेको समय
मेरो भोगाइ समयरहित एउटा पदार्थ ।

यसकै अथवा यीजस्तै पदार्थहरूको
केस्राकेस्रा भएर
बिल्कुलै हल्लारहित भएर
र बिल्कुलै चालरहित भएर
मैले एउटा जीवितकोष बोकेँ
यही कोषको सतहमा
हामी हाम्रो भाग्य खोज्दै छौँ ।

भनिन्छ - यही भित्ता हाम्रो नियतिरेखा हो
जिउनुपछाडिको बाध्यता
जस्तो कि हामी अहिले
खुत्रुकेमा हाम्रो भविष्य चिहाउँदै छौँ ।

शब्दगाथा


रोशन सुवेदी

ओ ! शव्दको आकाश !
ओ ! समयको आवाज !!

ओ ! जीवनको गीतहरु
छेकेर बन्दुकको मृत्यु हुंकार
टीयर ग्यास र लाठीका लाभाहरु
छिचोल्दै कर्फ्युका काला रातहरु
चुडाउदै
कालो सिक्रीले बाधिएको समय
भत्काउदै
अजङ्ग दाशताका सगरमाथाहरु
काला अध्यारा समयका पर्खालहरु
यतिखेर
शब्द मुक्तियोद्घा भएकाछन्

निरंकुशताको बुटमुनि
पिल्सिएका सडक र शब्दहरु
यतिखेर निर्बन्ध भएकाछन्

कुज्याइएका स्वतन्त्रताका पखेटा
घाइते अस्मिता उठाएर
चेतना र उज्यालो समयको दियो बाल्दै
यतिबेला
शब्दहरु उज्यालोका बाटा भएकाछन्
..........
ओ ! नदीको लहर !
ओ ! जीवनको यात्री !!
अझै यात्रा टुङ्गीएको छैन
अझै तिमीले घाउको मलम बन्नु छ
अझै अधिकारको बाटो कोर्नु छ
अझै च्यातिएका भोटाहरु फेर्नु छ
भोका बस्तिहरु
र रोगले थलिएका अनुहारहरुको सेवा स्याहार गर्नुछ
कालोचुक रात झै अन्धकार फैलिएको गाउमा
चेतनाको आगो पुर्याउनुछ

अध्यारा काला खोपीका षड्यान्त्र र
खिया परेका पुरातन आस्था फ्याकेर
जन अधिकारका चारकिल्ला आफैले कारेर
नया नेपालको इतिहास लेख्नु छ
-
साव्ला तेह्रथुम ,हाल कोटेश्वर काठमाडौ
सम्पर्क
- ४४७६०४६ बास ४४७०९३३ कार्या लय
email - subedi.roshan@gmail.com

Thursday, September 20, 2007

जलिरहेको देश

केदार सुनुवार


चुल्होमा आगो वाल्न
र एउटा पेट भर्न
धौधौ परेको वेलामा
सिंगो देश नै आफै जलिरहंदा
अझै पनि देशका राष्ट्रवादीहरु
घरभित्रको शिकार खेलिरहेका छन् ।

बक्कुल्लाको ध्यान
मरेको माछाले साकार पारे झै
तँ मादल वजा कान्छा
म नाचौंलाको नीति
अझै कायमै छ
मेरो देशमा ।।

एउटा राष्ट्रको नाम
विश्व सामु
राम्रो कामले चिनाउन नसकेको वेला
विश्व कै पछौटे र भ्रष्टाचारको
नामले मात्र
अरु कति शताव्दी सम्म
नेपाली जनताले पर्खिनु पर्ने हो ।

वल्ल तल्ल
एक थरी सिकारीले
वन्दुक विसाएको वेला
फेरी संघीय राज्य खोज्दै
मधेश र पहाड छुटयाउने रे
आ-आफनै छुटै राज्य संरचना गर्ने रे
ए अवोउन्नत्तिका पथभ्रष्ट
दुष्टहरु हो
तिमीहरु त यो देशका
कलंहरु हो ।

यदि तिमीले
ति म्रो छुटै देश खोज्छौ भने
पूर्व सीमानाका
सांधहरुसंग नाप
अनि नपुगेका कालापानीको
सीमानालाई नाप
र नाप
सीमाना पारीका
अर्थतन्त्र, वौधिक
र विकासका उन्नतिहरुलाई नाप
निश्चित भूगोलको मेरो देशमा तिमी स्वयं हुर्केर
फेरी अर्को सीमानाको
कृतिम सीमारेखा
कोर्न नखोज
तिमीले अर्को
निश्चित भूगोलेको देश खोज्नु भनेको
पानी विनाको माछा झैं
देश विनाको नागरिक जस्तै भएर
वांच्नुको अर्थमा
अनर्थ भएर
जिउन खोज्नुको नमिठो एउटा संज्ञा हो ।

--
kirankabi@hotmail.com

आजको मान्छे

भुवन त्रिपाठी


माथि-माथि आकाशमा कुहिरो लागेको छ
डाँडै-डाँडा छाँया बोकि घाम भागेको छ
माया बोक्ने मुटु भयो ढुङ्गा भन्दा साह्रो
सोझा-साझा नेपालीलाई भयो बाँच्नै गाह्रो

एकताको कुरा सबै कथा जस्तो लाग्छ
सत्य बोल्ने मुखहरू आफै आफै थाक्छ
स्वार्थभित्र मान्छे भए अन्धा बहिरा आज
जसले खोसी खान सक्छ उसकै भयो राज

पुर्खाहरूको गौरवमय वीरताको कथा
आज भयो अन्याय र अशान्तिको व्यथा
मान्छे आफै घाइते भयो आफ्नै प्रहारले
वेवारिसे भयो एक्लै बाँच्ने रहरले ।।

--
शीतल मार्ग
काठमाडौ

असुरक्षा


टंक वनेम

ओजनतह ओर्लेर
आँधी निम्त्याई रहेछ
आगोका लप्कोहरु
जयगान गाइ रहेछन्
विध्वंसको घडामा
बारुद भरिएर
बन्दुक पड्काई रहेछ
तोप नारि रहेछ
बाइलोजिकल
केमिकल र
न्यूल्कियरको भट्टीबाट
बिनासको
दुर्गन्ध उडी रहेछ ।

रक्त रञ्जित
वर्तमानको घाउमा
दलेर नुनचुक
आतङ्कको बेर्ना सार्दै
महासमरको बृक्ष
अग्लि रहेछ आकास छुन
ताकि रहेछ बन्दुक
सुरो निशाना
मरि रहेछन् मान्छे
बाँची रहेछ भोक
फस्र्टाई रहेछ शक्ति
बौलाई रहेछ
बजाउदै मृत्युको घुँगुरा
कहाँ रहर्‍यो र ? अब
बाँच्नुको मज्जा
जीवन भोग्नुको अर्थ ।

बुझेको हुनु पर्छ
युद्ध हाँक्ने
युद्ध सरदारहरुले
बन्दुक द्धारा
इतिहास मात्र बङ्ग्याउन सकिन्छ
सभ्यतामात्र भत्काउन सकिन्छ
मान्छेको ?
टाउको मात्र गेड्न सकिन्छ
बङ्ग्याएर,भत्काएर,गेंडेर
कुरुक्षेत्रमा नउम्रेको
शान्तिको कल्प बृक्ष
उम्रिन्दैन भने ?
युद्ध गर्नुको के औचित्य
बिना अर्थको विध्वंस
घाँटी रेटेर ?
कस्तो विजयको उच्छ्वास
तर पनि ?
बार्बेर्इअन् द्धन्द्धमा आतिन्दै
श्वास फेरि रहेछौं
जीवन र मृत्युको दोबाटोमा
जीवनको रथ गुडी रहेछ
खस्न लागेको
आकास मुन्तिर
ओत लागि रहेछौं
आफै प्रश्न गरौं
कस्तो संसारमा बाँचेका छौ हँ ?

दिन दहाडै मृत्युको
तान्डव नृत्य नाच्छ
समसाँझै ?
मृत्युले भुत्ते धार उध्याउछ
विज्ञानको अविस्कारमा
युद्धको पाठ घोकाइने समय
दुर्योधनको दाउ पल्टी रहँदा
असुरक्षित छ समय
असुरक्षित छ हावा
असुरक्षित छ पानी
असुरक्षित छ आकास
असुरक्षित छ धर्ती
असुरक्षित छौं
संसारमा भएका
सून्दर
सृष्टिका रचनाहरु ।

आवाज


विमला तुम्खेवा

कविता सडकमा
रगताम्य भएर उभिएको बेला
मलाई जिन्दगीको गीत गाउन मन लागेको छ
अझ यस बखत

संवेदनाको बत्ती बालेर
चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।

मलाई भन्न मन लागेको छ
जीवन-
विरक्त अनुभूतिमात्र होइन
म चेतनाको निम्ति
म निर्माणको निम्ति
यस बखत ध्यानमग्न छु

कहाँबाट आयो
यो अत्यास लाग्दो बुटका पदचापहरू
कहाँबाट आयो यो अत्यासलाग्दो मान्छेका आवाजहरू
मान्छे,
तिम्रै बस्तीमा मात्र किन गाइन्छ मृत्युको गीत -

च्यातिएका बिम्बहरू
नमिलेका सपनाका प्रतिच्छायाँहरू
चट्टानजस्तै सपना खसेर
जब आक्रान्त बनाउँछन् मस्तिष्कहरू
लाईम चेतनाको बत्ती बालेर पर्खिरहन्छु तिमी आउने साँगुरा गल्लीहरू ।

भत्किएर गइसकेछन्
मेरो विश्वासका आदिम संरचनाहरू
मेरो लक्ष्यको आकाश
तर पनि,
विश्वासहरु संगाल्दै विचारहरु अँगाल्दै
म पुनः संरचनाका निम्ति
म पुनः निर्माणका निम्ति
पर्खिरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।

Sunday, September 9, 2007

न माग माटो

दिल रस्ता भक्ति नेपाली


न माग मलाई
नेपाली माटो
सबैको साझ हो
न खोज चिर्न
आमाको छाती
छुराले चर चरी
सबै जाती
सबै धर्म
एउटै छ फुलबारी
न माग प्रान्त
न कोर सिमाना
मिलेरै बसौ नि।
-x-
लिम्बुलाई लिम्बुवान
राईलाई खम्बुवान
के दिने बाहुनलाई?
अधिकार सबको बराबर भए
तिमीले किन लिने?
सड्यन्त्र माथी परै कि
आफ्नै हो त्यो बुद्दि
तराई चाहियो मधिसेलाई
पाहाडमाको बस्ने?
सहर जति बाहुनले लिए
पाहाडमा के गर्ने?
-x-
चिरेर देशलाई
मनाउछौ खुसी
के सुन्नु पर्यो नि?
भुटान सिकिम
न बनाउ देशलाई
मिले रै बसौ नि
सासन र सत्ता
खोक्रो राजनितीले
देशै डुबायो
दाजुले भाई
भाईले दाजु
दिन मै मरायो
के पायौ मरी / मारी
के फेरेउ देशलाई
के गरेउ बिकास देशलाई
जलाई रगतको खोला बगाई
सहिदको सपना
हावामा उडाई
जनतालाई तर्साई
देश जस्तको तस्तै
-x-
क्यौ बच्चा
टुहुरा भए
हजारौ श्रीमती
बिधुवा भए
लाखौ आमा
निसन्तान भए
बेकुबि सोचाईले
कुर्सिको मोहले
मार्नु र मर्नुले
बन्दैन देश
भर्म र जातीले
फेरिन्न भेष
बुझ है नेता/नेपाली
मिलेर गरौ
देशको बिकास
हातमा हात समाई
मिलेरै बसौ
सबै जाती धर्म
बिनास नगरी
भत्काएर पुल
जलाएर भबन
मारेर दाजु भाई
के दियो नेताले
महङी र भोकमारी
-x-
के दियो नेताले
के पायो देशले
जनतालाई मरेर
देशलाइ आगो लाएर
देश खोक्रो पारेर
निर्दोसीलाई मारेर
स्वार्थि बनेर
न खोज प्रान्त
न गरौ युद्द
न बनौ पाखन्डी
टुहुरा बिधुवा
निसन्तान परेर
देशलाई आगो लाएर
सबै जात धर्म
मिली देश बिकास गरौ
स्वाभिमानी रास्ट्र
प्रेमी नेपाली भएर

Friday, September 7, 2007

म त्यसबेला तिम्रो सिपाही बन्नेछु


दिलिप योन्जन

किन तिमी अन्धकारमा सधै बस्छौ
ठीकै छ
तिम्रो सहयोगी योद्धा हुँ म
सँगै नबसौला हुदैन
उज्यालोले त पोलेको छैन
आँखाहरु पट्टिले बाँधेको त छैन
दिनमै धुवाँ लगाइदिएको त छैन
आगोको ज्वाला नदेखेर त होइन

हावा लगाउँला धुवाँ उडाउन
पर्खाल भत्काउँला प्रकास देखाउन
तिमीलाई स्वतन्त्रता देखाउँला
समान हक अधिकार दिलाउन
लगातार म लागिरहुँला
एक थोपा रगत भैन्जेलसम्म
आशाको त्यान्द्रोलाई लठारो बनाउन
यो शिर नढलुन्जेलसम्म

अब पनि तिमी एक्लै अन्धकारमा बस्छौ
ठिकै छ
म सहुँला अधिकार माग्दिन
अन्धकारहरु ममा पनि त छ
ढुख बेदना र यातना किन बुझ्दैनौ
फेरि युद्धभुमिमा क्रान्तिको बिगुल फुक्नु छ
हातमा हतियार लियरहातमा हात मिलाउनु छ
कि कसैले पैसा र तक्मा त देखाएन
यी सबै झुटो आश्वासन र बिश्वास हो
धाक र सम्पतिको झुटो अहम् हो
सबै यहाँ किचिएका, पिसिएका छन
भोक भोकै नाग्गै नाग्गै मरेका छन
क्रुरयातनामा कति मरे
बच्ने आसै आसमा कति मरे

यदि तिमी हतियार बनेर निस्कन्छ भने
अन्याय र अत्याचारको भन्डाफोर गर्छौ
भनेआगो निभाउन पानी बनी लाग्छौ
भनेचार पर्खाल भत्काई निस्कन्छौ भने
रोग र भोकको बिरुद्द आवाज उठाउँछौ भने
समान हक अधिकारको सवाल उठाउछौ भने
सम्झौता र सन्धिमा देश बेच्न,सिमाना सार्न दिदैनौ भने
झुटा अन्धबिस्वास र कुनिती तोड्न
बन्दुक बोक्नु परे भन मलाई
शोशण र दमन गर्नेको बिरोधमा
आवाज उठाउनु परे भन मलाई
आकास धर्ति थर्काइ दिन्छु
गोली थाप्न तयार छु
रास्ट्र र रास्ट्रीयताको लागी
भन तिमी सधै मलाई
बिरोधमा लड्नु परे
म त्यसबेला तिम्रो सिपाही बन्ने छु।

--
साउथ अमेरिक,बोगोता कोलोम्बिया

Wednesday, September 5, 2007

तिमी


इश्वर चाम्लीङ्ग


आखा चिम्लन्छु,
खै तिमी आखा भित्रै मुस्कुर्राईरन्छौ
तिम्रो सुवासना वरिपरी हो...
तिमी छातीमा टासिए झैं हुन्छौ

दिन यहां सारै नै लामो लाग्छ
रातको त झन के कुरा र हो....
मन डुल्दै उतै आउछ, कति रात त नसुतिनै भाले बास्छ
मन भुलाउन खोज्छु
मन भित्रै तिमी, बात मार्न थाल्छौ
तिम्रो सुवासना वरिपरी हो...
तिमी छातीमा टासिए झैं हुन्छौ

दुनियाको यो पाटो शुन्य भाछ
सम्झनाको के कुरा र हो.....
सपना झैं दिन बित्छ, फेरि रात कालो सन्नटा बोकी आउछ
दुनियालाई पछ्याउ भन्छु
खै तिमी बिना, दुनिया नै शुन्य हुन्छ
तिम्रो सुवासना वरिपरी हो...
तिमी छातीमा टासिए झैं हुन्छौ

----------------
गाए गीत नगाए कविता
कोशोभो

सीमातीत सीमान्त

मुकुल दाहाल


म मान्छे
एउटा सीमातीत सीमान्तमा
आइपुगेर उभिएको छु ।
यहा"बाट सङ्ग्रहालयमा राखिएका
अपूर्ण अर्थ निहित
इतिहासका खबटाहरूजस्ता
आदर्शलाई हेरिरहेछु ।

ती सिनेमाका अतिरञ्जित दृश्यहरू झै
अप्रासङ्गकि लागिरहेछन् ।
यहाबाट मान्छेले आफूमाथि देख्ने गरेका
आकाशहरू हेरिरहेछु ।

ती टर्रा, खस्रा, बाक्ला जिब्राहरू लागिरहेछन् ।
आफूलाई विनिर्माण गरेर
उ"टको खुट्टामा उभिएका
मान्छेहरू देखेर वरिपरि
म तर्सिरहेछु आफैसंग ।

विस्तीर्ण, अथाह यो ग्रह
यन्त्रसूत्रहरूको जालोमा
कक्रिएर शिशु भएको देखेर
म मेरो मन छामिरहेछु ।

मनमा उठ्ने छाल यन्त्रमा हुदैन ।
मनमा उठ्ने बाढीसंग यन्त्र परिचित छैन ।
मस्तिष्कको संवेग यन्त्रले बुझ्दैन ।
यन्त्र मन हुन सक्दैन ।
यन्त्र मस्तिष्क हुन सक्दैन ।

म यन्त्रको खुट्टा परेको मान्छे हेरिरहेछु ।
म यन्त्रसंग रोइरहेको मान्छे हेरिरहेछु ।
प्रयोगमा अनूदित मान्छेको
प्रयोगशाला हेरिरहेछु ।
केमिकल रियाक्सनबाट उत्पादित
आदर्शहरू हेरिरहेछु ।
लिङ्गमा रोपिएका नवलिङ्गहरू हेरिरहेछु ।
छालामा उमारिएका छालाहरू हेरिरहेछु ।
मस्तिष्कको ब्याडमा छरिएका
मस्तिष्कहरू हेरिरहेछु ।

तरुनीतृष्णामा लीन तरुनीहरू
तरुणभोकमा आसक्त तरुणहरू
क्लोनिङ्ग गरिएका मूल्यहरू
मलाई चटक लागिरहेछ ।
लिङ्ग साटिएका सत्यहरू
मलाई चटक लागिरहेछ ।

म ध्वस्त भएर उभिएको निर्मिति
म विग्रह भएर निर्मित संरचना
यो सीमान्तमा आएर
आफूलाई बेस्सरी छामिरहेछु ।
आफूलाई बेस्सरी
बुझ्न बल गरिरहेछु ।

Tuesday, September 4, 2007

विना वजनका मान्छेहरू

गीता त्रिपाठी


बादलको देशमा
बादलकै मान्छेहरू
टेक्छन् बतासे खुट्टाहरू र
सरिरहन्छन् कहिले यता
कहिले उता

तिनका हलुका वजनहरू
तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षातिर
मातृशक्तितिर
ती छुट्दै जान्छन्
उठ्दै जान्छन्
भ्रमको अस्थिर आयामहरूमा र
फेरिरहन्छन् बादले-आकृतिहरू

कहिले काला हुन्छन्
घनघोर काला
कहिले सेता
रूवाझैँ हलुका
धेरैजसो ती गहुंगोरा हुन्छन्
बीचका
न यताका न उताका

घामलाई छेकिदिन्छन् ती
पानीलाई रोकिदिन्छन्
तन्किरहने र खुम्चिरहने आकार बोकेर
एकान्तमा कानेखुसी गर्छन्
बतासे ऋतुझैँ सरिरहन्छन्
कहिले यता, कहिले उता
विना वजनका मान्छेहरू ।।

----------------
वालुवाटार काठमाडौ

Sunday, September 2, 2007

तितो यथार्थ


छबिरमण सिलवाल


मुहारमा हिलो पोतेर
हिलो-हिलो
पानी-पानीसंग
संझौता गर्न
शालीन दस्तावेदहरु
गरिवी लुकाएर
हाँस्छन्
पीडा लुकाएर
बाँच्छन्
उनीहरुका नाममा
गरिने राजनीतिले
कोल्टा फेरेको पत्तो छैन
एउटा युग यसरी
वितिरहेछ ।
महलमा त्यहि चामल पाक्छ
हातमा ठेला उठाइएकाहरु
युगौं-युगसम्म पिल्सिन्छन,
भोकै-नाङ्गै
जीवन गुजारी रहेछन् ।
काल-चक्र भन्दा माथी कोही छैन्
कलियुगीन मान्छेहरु
रंग फेर्दे रौनक देखाउछन्
र,
एक दिन,
आफैले आफ्नो
मुहारमा कालो पोत्छन,
मुहारमा हिलो पोत्नेहरुको
हिलो पखालिन्छ,
र,
सत्यता फैलाउछन् ।
र,
मुहारमा कालो पोत्नेहरु,
इतिहासमा नै कालो पोतेर
विलाउछन् ।





जिन्दगीको गन्तब्य


दिलिप योन्जन

जिन्दगीको गन्तब्यमा
शिखर चुम्ने चाहना
ठेलेर स्टार्ट हुने खटेरा गाडी झै भयो
जति जति गति बड्दै जान्छ
भाबनाहरु हावामा उड्न थाल्छ
उकाली, ओराली अनि घुम्तिहरुमा
गुड्दै रोकिन्दै बिभिन्न गतिमा
कहिले एक्सिलेटर, ब्रेक
ब्रेक, एक्सिलेटर हुँदै
जब खहरे खोलको बगरमा
धुवाँ फ्याक्न छाड्छ
न ठेलेर गुड्छ, न तानेर हुन्छ
फेरी गन्तब्य अन्तेहीन हुदै
आँखा सामु बज्रपात हुन्छ
छितिज रातिन्द कालिन्दै जान्छ
म आफै हराउन पुग्छु
मलाई यस्तो लाग्छ
गिन्दगीको गन्तब्य यस्तै रहेछ

-----------------
बोगोता कोलोम्बिया

Thursday, August 30, 2007

नयाँ नेपाल


चन्द्र गुरुङ


हिजो आज,
हूलका हूल मानिसहरू
म र म जस्ता थुप्रैलाई खोज्दै आइपुग्छन्
र माग्छन् हाम्रा साथ
माग्छन् हाम्रा हात
कि, अब उनीहरूले
नयाँ नेपालको निर्माण गर्दै छन् रे ।

अचेल रेडियोले नयाँ नेपालको हल्ला फुक्छ
र गाउँ-शहरमा हक-अधिकारको कुरा चल्छ ।
यहाँ दिन दिनै
उनीहरू 'उपत्यका बन्द' गराउँछन् ।
हेर्दा हेर्दै बन्दको कालो आवरणभित्र
चेलीहरूको इज्जतमाथि लुटपाट मच्चिन्छ
र चल्छ असंख्य निर्दोष जीवनमाथि मारकाट ।
पल्लो घरमा
छिमेकीहरू पुराना बन्दुक साफ गर्छन्
र यहाँ हाम्रा साथीहरू
सुत्छन् सिरानीमुनि खुकुरी राखेर ।

अचेल पत्रपत्रिकामा नयाँ नेपालको सपना छापिन्छ
र पहाड-मधेशमा समावेशीकरणमाथि बहस चल्छ ।
यहाँ आजभोलि
उनीहरू 'नेपाल बन्द' गराउँछन् ।
हुँदाहुँदै टोलबस्तीमा इमानको मृत्यु हुन्छ
र निर्मम हत्या हुन्छ ढुङ्गामुढाले मानवताको ।
बिहान सवेरै चिया पसलहरूमा
पराइ रगत पिउने योजनाको थालनी हुन्छ
र दिनैभरि साँढे जुध्ने चउरमा
भिड्ने तयारी गर्छन् मानिसहरू ।

अचेल टिभीमा नयाँ नेपाल बारे जटिल गन्थन चल्छ
र देशैभरि राज्य पुनः संरचनाको प्रचार हुन्छ ।
यहाँ अचेल
उनीहरू 'यातायात बन्द' गराउँछन् ।
त्यसपछि धेरै मानिसहरूको दैनिकी
सुनसान सडकमा चक्काजाम हुन्छ
र हिंडिरहेको देश नै तोडफोडमा पर्छ ।
यहाँ,
अस्त्रालयमा गजबको चहल-पहल छ
र हिंड्दै छन् हतियार बोकेर
नयाँ नेपालको खोजीमा मखुण्डोधारीहरू ।

अचेल यो देशमा
म र म जस्ता थुप्रोई मानिसहरू सोच्दै बस्छन्
र चकित हुन्छन्
कि, सायद नयाँ नेपालको निर्माणमा
बनाउनु भन्दा भत्काउनु बढी आवश्यक रहेछ ।