Monday, November 5, 2007

विचार मञ्च

नेपाली साहित्यले व्यवसायीक हुनु आवश्यक छ कि छैन ? साथै साइवर ब्लगमा नेपाली साहित्यको प्रवेशलाई कुन रुपले हेर्नु हुन्छ ? तपाइको आफ्नो विचार तल कमेण्ट बक्समा सम्प्रेषण गर्न सक्नुहुनेछ

4 comments:

suruwat said...

chha kina bhane yadi yo byabasayik bhayana bhane nepali sahityale junrupama pragati garnu parne ho tyo rupma hudaina. je kurama pani pratispardha chahinchha jasko lagi byavasaayik hunu jarurichha. byabasayik bhayamaa matra sachcha shrastale gati lina sakchha

इश्वोर खड्का (पवन) said...

कुनै पनि बस्तु ब्यबसायिक हुनु सारै राम्रो हो तर यसो हुनको लागि स्तर्य लेख रचना प्रकाशनमा बिशेस ध्यान दिनु पर्छ. र नेपाली साहित्य ले इन्टरनेटको माध्यमबाट जे गरिराखेको छ तेस्लाई सहरानिया र उपयोगी मान्नु पर्छ. यो समय सापेक्छ माग र आबसेक्ता हो /

Pancha Vismrit said...
This comment has been removed by the author.
Pancha Vismrit said...

कुनै पनि क्षेत्रलार्इ गरिमामय र रहरलाग्दो बनाउँनको लागि त्यसलार्इ उत्पादक बनाउँन आवश्यक हुन्छ । जुन क्षेत्रले कुनै उत्पादन दिंदैन भने त्यो क्षेत्रको लागि तन मन र धन खर्च गर्नुको कुनै औचित्य हुन्न । साहित्यलार्इ कमै मान्छेले सही ढङ्गले बुझेका छन्, जुन विविध आयाममा फलिएर रहेको छ । साहित्य चलचित्रमा छ, नाटकमा छ, गीत सङ्गीतमा छ र साहित्य कुनै उत्पादनको विज्ञापनमा समेत रहेको छ । तर हामीलार्इ सिर्फ कथा कविता र पुस्तकाकारमा साहित्य खोज्ने बानी परेको छ !
यसबाट हामी के बुझ्छौं ? एउटा चलचित्रले कतिसम्म व्यापार गर्छ, चिया पसलको काठको भित्तामा टाँसिएको त्यो चाउचाउको विज्ञापनले व्यापार बढाउँन कत्रो ठूलो भूमिका खेलेको हुन्छ ! त्यसैले साहित्यलार्इ अनुत्पादक क्षेत्र भन्नै मिल्दैन । अथवा यसलार्इ व्यवसायिक बनाइएको हो नै तर पुग्दो र सही रूपमा छैन । जेके रोलिङ्को धारावाहिक उपन्यास ह्यारी पोटरको हरेक नयाँ शृङ्खलाले कति करोडको व्यापार गर्छ ! डोनाल्ड ट्रम्प प्रशिद्भ व्यापारीको रूपमा मात्र हैन लेखकको रूपमै कति प्रशिद्भ छन् ! र नेपालमा एक हजार प्रति छापिएको पुस्तक विक्रि गरिसक्न कतिजनाको खुट्टा ढोग्नु पर्छ !
त्यसैले साहित्यलार्इ जत्ति व्यवसायिक बनाउँन सक्यो यत्ति नै यो गरिमामय र रहरलाग्दो बन्दछ । अबको बहस साहित्यलार्इ कसरी व्यवसायिक बनाउँने भन्ने चाहीं हो ।
पञ्च विस्मृत
www.poetrypoem.com/panchavismrit