Sunday, July 8, 2007

तिम्रो अनुहारको ऐना


चंकी श्रेष्ठ

तिम्रो अनुहारको ऐनामा
मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार ।

चर्किएको, भत्किएको ऐनामा
देखिन्छ हरेक वस्तु टुक्रा-टुक्रा
तिम्रो अनुहारको ऐनामा
देखिन्छन्- यो हिमाल, यो पहाड, लेकबेसी
अनि हाम्रा उज्यालाहरू टुक्रा-टुक्रा
हो, देखिन्छन् रगतले सिंचेको यो सिंगो भूगोल
र, स्वयं यो देश टुक्रा-टुक्रा ।

चर्किंदै चर्किंदै चकनाचुर हुन आँटेको
तिम्रो अनुहारको ऐनामा
देखिन्छ तिम्रै अनुहार पनि टुक्रा-टुक्रा ।

तिम्रो अनुहारको ऐनमा
मान्छेहरू हेरिरहेछन् यो देशको अनुहार
हो, हेरिरहेछन् यो देशको बीभत्सता
किन विवश छन् मान्छेहरू
तिम्रै अनुहारको ऐनामा हेर्न यो देशको अनुहार ?

-----
भक्तपुर

No comments: