Wednesday, October 31, 2007

नदी किनारा


देवेन्द्र खेरेस

कुन वगैचा
कुन वनजंगल
र कुन पाखापर्वतबाट बगायो
त्यो असती बाढीले मलाई ।

त्यै बाडीमा बगेर
हाड र छालाहरु खिइएछ
नशाहरु खुम्चिएछ
र बाढीसँगै बगेर
जान नसकेपछि
आधा बाटैमा छेउलागेको
नदि किनारा हुँ म ।

त्यै वगैचामा फल्ने-फुल्ने वैषहरु
त्यै वनजंगलमा डुल्ने-घुम्ने जोसजाँगरहरु
त्यै पाखापर्वतमा हास्ने-खेल्ने रहरहरु
त्यै असती बाढीले गर्दा
भलै-भल
पहिरै-पहिरो
र छाँगाबाट खसेर
फुटेर
चिराचिरा परेको अस्तित्व
टुक्रिएर जोडिन नसकेको
खिइएर चम्किन नसकेको
यतिवेला
हराउनलाई तयार
बिलाउनलाई तयार
र नदिमा पानी भएर
बग्न नसक्नुको पीडा
थप्लाभरि बोकेर
गन्तब्यको खोजिमा हिँडेको यायावर ।

अब
आफ्नै थानवास खोजेर/रोजेर
जाने सुर चढेकोछ
साच्चै सुर चढेकोछ
कहा कहा जाउजस्तो
के के गरौजस्तो
र कतै बाटो खोजेर
हिँडि हालौजस्तो सुर चढेकोछ
फेरि फेरि तल नझर्नेगरि
फेरि फेरि तल नपर्नेगरि
फेरि फेरि तल किचिएर नमर्नेगरि
उभै उभै जाने सुर चढेकोछ
मैले टेकेको माटो
मैले हिडेको बाटो
मैले हेरेको दृष्य
मैले वाँचेको जीवन
मैले रोजेको विचार
सप्पै सप्पैमा सुर चढेकोछ ।

यै नदिको जघार तर्दै
माथि-माचि पुगेर
हिउ झरिबस्ने
पहाडको मुन्तिर
झुलो चक्मक्मा
दल्सिन् ढुङ्गा ठोसेर
झिल्का उडाउदै
आगो वाल्ने सुरचढेकोछ
पुरानो ठुटाहरु ढालेर
पुरानो झिक्राहरु भाचेर
पुरानो पातहरु टिपेर
पुरानो बोक्राहरु ताछेर
पुरानो जराहरु उखेलेर
र, अझै पनि भएन भने
काचो काठमा आगोवालेर
वर्षौ देखिको जाडो छल्ने सुरचढेकोछ ।

विचारको छेप्याश्रले
कन्चटमा ताकेपछि
पढ्किनलाई तयार म
यै किनारमा
यहिनेर हेर्छु
पानीमा सल्बलाउने
माछाहरुको बथानझै
नशा-नशामा वग्ने
तातो रगत
घरि-घरिनै उम्लिने गर्छ ।
र, यै नदिमा
तल र माथि
माथि र तल
र पर-परसम्म
गोतामारेर संसार फैलाउने
सामुन्द्रिक प्राणीझै
म आफ्नो संसार फैलाउन किन सकिन ?
कि म प्राणी हैन ?
कि हैन म प्राणी ?
कि प्राणी मध्यको चेतन्शिल प्राणी हैन म ?

अब
किनारा भएर बस्नुको अर्थ छैन
अब खिइसकेको हाड र छालाहरु
सेकतापगर्दै
हिसाब गर्नुछ
भाचिएको करङ्गहरु गनेर
बिर्सिएको सपनाहरु खोज्दै
फरि अर्को सपना देख्नुछ
खोला
नदि
समुद्र
र, सागर महासागरदेखि
किनारालागेको म
अब सपना देख्नुछ
अर्को - समयको लागि
अर्को - चेतनाको लागि
अर्को - मानिसको लागि ।

हाल - हंगकंग

अभाबको जिन्दगी


दिलिप योन्जन

मिरमिरेमा जब किरण छरिन्छ
भोकको रापले खडेरीले झै पोल्छ
अलास तलास पसिना सरि ब्युझन्छु
दिन भरिको घामले डढेर कक्रे झै
दोबाटो चोक गल्लि गल्लिमा भौतारिन्छु
अभाबले अतालिएको जन्तु जस्तै
रोगले पाकेर गनाए जस्तै
खालि पेट मातेको मान्छे जस्तै
हावा, हुरि, झरी, बादलमा कति डुबे
छट्पटिन्छु रात भर खाली भुईमा
बरदान माग्दा काटेर फालेको भाले जस्तै

D. F. mexico

Tuesday, October 30, 2007

गजल


बसन्‍त मोहन अधिकारी

निष्‍ठुरी भनि नभनि दिनु
मेरो लाश उपहार लिनु ।

बगैंचाको सुंगन्‍ध फुल यो
बन्‍दैछ विवशताले सिनु ।

सकिन मैले जिउँन यहाँ
प्रदेशीको यहि मेरो चिनु ।

म आकश तिमी धर्ति भयौ
अब भो हाम्रो सम्‍बन्‍ध छिनु ।

ईश्‍वरको ईच्‍छा मेरो अन्‍त
तिम्रो बसन्‍त भो लाश बिनु ।

यु ए इ
nepalsguide@yahoo.com

पोस्टमार्टम रिपोर्ट


चन्द्र गुरुङ्ग

यो लास
त्यही मान्छेको हो ।
प्रत्येक तोडफोडमा
जो बोक्दै विदेशी भाला र तलबार
खोज्थ्यो आफ्नोई दाज्यु-भाईका स्वदेशी टाउकाहरु
र हिंड्थ्यो जसका प्रतिगमनकारी खुट्टाहरु
कुनै निरंकुश शासकलाई अग्रगमनकारी भन्दै
विष्णुको विशुद्घ अवतार मान्दै
दरबाररुपी जीर्ण मन्दिरमा पुनःस्थापित गर्न ।

यो लास
त्यही मान्छेको हो ।
'नेपाल बन्द'को मौका छोपेर
जो आफ्नोई देशलाई
सडकहरुमा टायर बनाएर बाल्थ्यो,
र्साईनो गाँस्ने पुलहरु भत्काएर
थुप्रै मितेरी गाउँहरुलाई अलग पाथ्र्यो
र तोडेर टेलिफोनका निर्दोष टावरहरु
फोडेर बिजुलीको शक्तिशाली स्टेशनहरु
सुनसान बनाउँथ्यो असंख्य टोलबस्तीहरु ।

यो लास
त्यही मान्छेको हो ।
जो काटमारहरुमा उत्साहपूर्वक सामेल हुन्थ्यो
र चोरी-डकैतीहरु त
उसको लागि सामान्य दैनिकी बन्थ्यो ।
तर दुर्भाग्यवश
ऊ, मारिएछ यसपालीको हुलदंगामा ।
आज, उसको लासलाई चिरफार गरेर
डाक्टरहरुले तयार पारे एउटा पोस्टमार्टम रिपोर्ट
कि, " उसको मुटुभित्र देशको नक्सा नै थिएन । "

रक्त चन्दन


टंक वनेम

जराहरु मक्किएर
काण्डहरु नफले पछि
त्यहि रुखका पातहरु
त्यहि रुखका डाँठहरु
त्यहि रुखका काठहरु
अर्को शब्दमा-
रगत जस्तै रातो देखिने
बाशनादार रक्त चन्दन
अरनिको राजमार्ग हुँदै
खासा पुग्छ अचेल
र
साट्छ अराजकताको भाउ ।
त्यहि भाउको रङ्ले
राजतन्त्रको रङ् पोत्छ
र
उर्माछ गणतन्त्र भूमीमा
क्याकटसका काँडाहरु
घोंच्न थाल्छ
जनताको मुटु कलेजो
रातो रगत र
रक्त चन्दनमा फरक छैना भने
किन हुदैछ ?
रगतको रातो ब्यापार
किन मौलाई रहेछ ?
भ्रष्टाचारको कालो झयाङ ?
किन चुली रहेछ ?
क्रय-विक्रयको माना पाथी ?
प्रशोधन भएर सुटुक्कै
किन दलिन्छ ?
सुकुमारी गालामा
रगत जस्तै रातो
रक्त चन्दन ?

वेष्टमिडल्याण्ड् ।
tankawanem@yahoo.co.uk

नृशंस पर्खालहरू


गीता त्रिपाठी

जिस्कायौ तिमीले
सरसर बतासलाई
जिस्कायौ तिमीले
धपधप आगोलाई

जुरुक्क उठेर बतासले
आगोको कान फुक्यो
बतास- बतासमात्रै रहेन अब
आगो- आगोमात्रै रहेन अब
हुरी र डँढेलोलाई
अब तिमी कतिबेर जिस्काउन सक्छौ ?

जत्ति घेर्नुछ- घेर
जत्ति अग्ल्याउनुछ-अग्ल्याऊ
अब सुरक्षित छैनौ तिमी
गर्लम्म ढल्दैछन्
तिम्रैसामु
तिमीले ठड्याएका
नृशंस पर्खालहरू ।

बैशाख ७, २०६३

Sunday, October 28, 2007

साँकेतिक शब्द कबिता

केदार "सँङ्केत"


साँकेतिक भाषामा
कबिताहरुले दिएको सँकेत
जीबन दर्शन
सधै नयां कुराको आयाम
आवस्सेक समसामयिक निती
भबिस्ये सङ्कल्प
इटाबुने जस्तै
सङ्ररचना गर्छ् रच्छ
*
बिसंगती,आबेगआलोचना
सुच्म द्र्स्ती गौचर
प्रतेक बिसयको
क्लिस्ट भाबनामा सम्बोधन् गर्दै
बिसंगतीको
अकबरे खुर्सानी बाँड्ने
जनता जनार्दनका
अतेन्तै सस्तो
अनि सरस माध्धेम हो यो
* *
शब्दका सोच्छ भाबनामा तैरिएर
शब्दहरुलाई चयन गर्दै
बेबहारिकताको खाँचो औल्याउने
समाज राष्ट्र र बिश्व जगाउने
शुद्द तरको स्वाद शब्द हो यो /
* * *
चौबाटो सडकको
रातो पहेलो र निलो
अटो बत्तिले झै
एक पछि अर्कोलाई बाटो दिदै
सबैलाई गन्तब्यमा पुर्याए जस्तै
समिश्रण शब्द्को
अनुबम हो
साँङ्केतिक सँङ्केतको
शब्द् कबिताहरु !!!
-
kirankabi@hotmail.com